मैदानको आलमदेवी मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा सराय नाँच सम्पन्न (भिडियो तस्बिर सहित)
कार्तिक ४ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
मैदान , बुधवार ३ कार्तिक २०७८ । अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक तथापर्यटकीय स्थल पाणिनी गाउँपालिका ५,मैदान आलम नगर मन्दिर परिसरमाकोजाग्रत पुर्णिमा २०७८ सामान्य पुजापाठ र सराय नाँचका साथ मनाउने काम सम्पन्न भएको छ ।
विश्व व्यापी महामारी कोरोनावायरस को कारण यस वर्ष पनि अपेक्षाकृत तवरलेमन्दिरमा मेला गर्न नसकिएको मन्दिर व्यावस्थापन समिती अध्यक्ष लक्ष्मणपाण्डेले वताउनु भएको छ । आज पन्चगोली ल्याएर समेत चढाउन नपाएको भन्दैदर्शानार्थी दुःखी भएको अवस्था देखेपछि समाजसेवी भविन्द्र घिमिरेले समयमैसम्बन्धी पक्षवाट सुचना प्रवाह नगरिएको हुदा यस्तो समस्या भएको हुन गएकोवताउनु भएको छ तर मन्दिर व्यावस्थापन समितीले भने वडा कार्यालयलाईआधिकारिक रुपमा पहिला नै जानकारी गराएको दावी गरेको छ ।
आलमदेवी मन्दिरमा सराय नाचको नेतृत्व कर्ता भूमिका निभाउदै आएकाआलमनगर स्थित ओमप्रकाश परियारले पत्रकारसँगको कुराकानीमा यस मन्दिरव्यावस्थापन समितिले समयमै निर्णय नगरेको कारण आज दर्शनार्थिमा समस्यापरेको वताउनु हुन्छ । कोरोनावायरस महामारी विच प्रशासनको नियम पालनागर्नु पर्ने वाध्यता भएको हुदा धेरै दर्शनार्थिलाई समस्या परेको वताउनु हुन्छआलमदेवी मन्दिरका मुल पुजारी चन्द्रमणी घिमिरे ।
आलमदेवी मन्दिर पाणिनि गाँउ पालिका कै एक महत्वपूर्ण मन्दिर भएको हुदागाँउ पालिका स्तरकै मन्दिरको रुपमा संचालन गरी यस मन्दिर को सम्पूर्णव्यवस्थापन गाँउ पालिकाले नै गर्न आवश्यक रहेको शिक्षक भोजराज घिमिरेलेवताउनु भएको छ ।
१९६९ देखी संचालनमा रहेको आलमदेवी मन्दिर ऐतिहासिक महत्व वोकेकोभएता पनि वडा तथा पालिका को ध्यान नपुगेको हुदा आज यो अवस्था आएकोमन्दिर व्यावस्थापन समितीको धारणा सार्वजनिक भएको छ । यसरी नैऐतिहासिक महत्व वोकेका स्थलमा स्थानीय निकायको समयमै ध्यान नजानेहोभने यी मन्दिर कालान्तरमा जीर्ण र नष्ट सहित इतिहासको पानामा सिमित हुनेनिश्चित छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम ।