अर्घाखाँचीमा आगामी कार्तिक २५ गतेसम्म भीडभाडका क्रियाकलापमा रोक


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आगामी कार्तिक २५ गतेसम्म भीडभाडका क्रियाकलापमा रोक लगाइएको छ । 
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले अझै कार्तिक २५ बिहीवार राती १२:०० बजेसम्म भीडभाडका क्रियाकलाप नगर्न अनुरोध गरेको छ । 
साथै  बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी  पसल र व्यवसाय, सबै निजी तथा सार्वजनिक यातायात हाेटल, रेष्टुरेन्ट, शैलुन, जिमहल,  सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खुलेका छन् । 
जिल्लामा  विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।   
यस्तै प्रशासनले सभा, गोष्ठी, सम्मेलन, मठमन्दिर, पार्टी प्यालेस लगायत क्षेत्रमा अझै कार्तिक २५ गतेसम्म भीडभाडका क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।  
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।