अर्घाखाँचीभर पाक्न लागेको धानमा पानीले सोत्तर, किसान चिन्तित (तस्बिरहरु)


२०७८ कार्त्तिक १, सोमवारमा प्रकासित

अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७८ कार्त्तिक १, सोमवार । अर्घाखाँची जिल्लामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण किसानको पाक्न लागेको  धानमा क्षति पुगेको छ । 
खाँचीकोटका सुर्य के.सीले अर्घाखाँचीडट्कमलाई बताए अनुसार पाक्न लागेको  धानबाली हावाहुरीले नमज्जाले क्षति पुगेको छ ।
सन्धिखर्कको  बाँगी खोला फाट, फुदवाङ लगायत जिल्लाभर लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको छ । “किसानहरुले धान क्षति भएको भनेर चिन्ता गरेका छन् ।”
बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण अर्घाखाँचीमा शुक्रबारदेखि नै हावाहुरीसँगै पानी परिरहेको छ । पानीले ठुलो मात्र धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
ज्ञान केन्द्रका कृषि अर्घाखाँचीका अनुसार धेरै ठाउँमा धान क्षति भएको विवरण आइरहेका छन् । सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका कृषि शाखाहरुबाट क्षतिको विवरण बुझ्ने काम भइरहेको पनि बताइएको छ ।