२०७८ कार्त्तिक ४, विहीवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) २०७८ कार्त्तिक ४, विहीवार । अर्घाखाँची जिल्लामा लगातारको हावाहुरीसहितको वर्षाका कारण पाक्न लागेको धान बालीमा नोक्सान भएपछि कृषकले क्षतिपूर्ति पाउने भएका छन् ।
लगातार वर्षाका कारण पाक्न लागेको धान बालीमा ठुलो क्षति भएपछि जिल्लाभरका कृषकहरुले क्षतिपूर्ति पाउने भएका हुन् ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका सबै वार्ड मार्फत धान बालीको क्षति विवरण संकलन गरेको छ । जिल्लाका सबै स्थानिय किसानले आफ्नो धानको क्षति विवरण आगामी कार्त्तिक ७ गते अर्थात ३ दिन भित्र वार्ड कार्यालयमा बुझाउनु पर्नेछ ।
जिल्लाभरका कृषकले क्षतिपूर्ति माग गरेका छन् । कृषि ज्ञान केन्द्र अर्घाखाँचीले कुन आधारमा के कस्तो क्षतिपूर्ति दिने हो त्यो खुलाएको छैन् । यस्तै स्थानिय पालिकाले पनि मर्कामा परेका कृषकलाई क्षतिपूर्ति दिने वचन दिएका छन् ।
उता जिल्लाभर पाक्न लागेको धानबाली हावाहुरीले नमज्जाले क्षति पुगेको छ ।
सन्धिखर्कको बाँगी खोला फाट, फुदवाङ लगायत जिल्लाभर लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको छ । “किसानहरुले धान क्षति भएको भनेर चिन्ता गरेका छन् ।”
बङ्गालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण अर्घाखाँचीमा शुक्रबारदेखि नै हावाहुरीसँगै पानी परिरहेको छ । पानीले ठुलो मात्र धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
ज्ञान केन्द्रका कृषि अर्घाखाँचीका अनुसार धेरै ठाउँमा धान क्षति भएको विवरण आइरहेका छन् । सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका कृषि शाखाहरुबाट क्षतिको विवरण बुझ्ने काम भइरहेको पनि बताइएको छ ।