अर्घाखाँचीमा एमाले वार्ड अधिवेशनको तैयारी पूरा, सबै ६१ वटै वार्डमा जिल्ला प्रतिनिधि खटिए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै वार्डहरूमा नेकपा एमालेले भोली कात्तिक ६ गते एकसाथ आयोजना गर्ने अधिवेशनको तयारी पुरा भएको छ ।
 
एमाले अर्घाखाँचीले शनिबार सप्पन्न हुने गरी ६१ वटै वडा कमिटीका अधिवेशनको तयारीको सम्पूर्ण काम पुरा गरेको जनाएको हो। 
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको निर्णय,प्रदेशको परिपत्र, जिल्लाको योजना, पालिकाको थप ब्यबस्थापन र वडा कमिटीको आयोजनामा कार्तिक ६  गते शनिबार सबै ६१ वडाको अधिवेशन मर्यादित,ब्यबस्थित,भब्य र सभ्य रुपमा  सम्पन्न गर्ने गरी आवश्यक तैयारीको सम्पूर्ण काम पूरा गरिएको एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले जानकारी दिएका छन । 
नेता  गैरेका वडा तथा पालिका अधिवेशन सप्पन्न गर्नका लागी अर्घाखाँची जिल्लाबाट प्रदेश कमिटीमा रहनुभएका प्रदेश कमिटी सदस्यहरुलाइ ६ वटै पालिकामा जिम्मेवारी तोकेर पठाएको र कार्तिक २ गते बसेको जिल्ला जिल्ला कमिटीको पदाधिकारीको बिस्तारित बैठकले जिल्ला कमिटी पदाधिकारी र क्षेत्रीय कमिटी अध्यक्षहरुलाइ पालिकामा थप जिम्मेवारी सहित खटाएको छ भने पालिका कमिटीको बैठकबाट सम्बन्धित पालिकाका वडामा कम्तीमा १/१ जना जिल्ला कमिटी सदस्यहरुलाई विशेष प्रतिनिधि तोकेर खटाएको र  सबै नेताहरू आबश्यक कागजात सहित आफू खटिएको क्षेत्रमा पुगिसकेका छन । वडा तथा नगर अधिवेशनका लागि पार्टी संगठित सदस्यहरुको नवीकरण गर्ने काम सम्पन्न भएको छ । 
अर्घाखाँची जिल्लामा ९६३२ जना पार्टी सदस्यको विवरण  अद्यावधिक भएको कार्यालय सचीव लिल बहादुर बिकले जानकारी दिएका छन । सबै पार्टी सदस्यहरुलाइ सम्बधित वडा कमिटीहरुले पत्राचार तथा संचारका विभिन्न माध्यम मार्फत सुचना प्रवाह गरिसकिएको सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । 
साथै अर्घाखाँची जिल्लाको सबैभन्दा दुर्गम क्षेत्र शितगङ्गा नगरपालिकाका एमाले नगर कमिटी सचिब ऋषि घिमिरेले शितगङा नगर कमिटी अन्तरगत १४ वटै वडाका बिकट बस्तिबाट पनि  वडा अधिवेशनमा प्रतिनिधिको उत्साहजनक सहभागिता रहने बताए ।
सबै वडाको प्रथम वडा अधिवेशनबाट पार्टी एकताको मर्म र भावना अनुसार आगामी ३ वर्षका लागि १ जना अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव गरि ५ जना पदाधिकारी सहित बढिमा ३१ सदस्यीय वडा कमिटी चयन हुनेछ भने  पदाधिकारीमा १ महिला अनिवार्य र कम्तीमा कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य रहनेछन । दलित, जनजाती मुस्लिम समेतका जातजातीको स्थानीय अवस्थिती अनुसार कमिटीमा प्रतिनिधित्व सुनिस्चित गरिनेछ ।
कार्तिक ९ गते हुने पालिका अधिबेशनका लागी  वडा अधिवेशनकै दिन अर्थात् कार्तिक ६ गते नै पालिका अधिवेशनको प्रतिनिधि पनि छनौट गरिनेछ ।
 जिल्ला कमिटीका पदाधिकारीको बिस्तारित बैठकले तय गरेको मापदण्ड अनुसार महिला दलित जनजाति र मुस्लिम (समावेशी तर्फ) ५ जना पार्टी सदस्य बरावर १ जना प्रतिनिधि र खुल्ला तर्फ ८ जना पार्टी सदस्य वराबर १ जना प्रतिनिधि छनौट गर्नुपर्नेछ ।तोकिएको संख्याको बहुमत सदस्य संख्या शेष रहेको अबस्थामा मात्र १ जना थप प्रतिनिधि छनौट गर्न सकिनेछ।
 
वडा अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुनेछ। उक्त कार्यक्रममा अर्घाखाँची जिल्लाका धेरै भन्दा धेरै वडा अधिवेशनहरुलाइ भर्चुअल माध्यममा जोडिने गरि तयारी गरिएको छ। 
यस्तै एमालेका अधिबेशनहरु पार्टीको आन्तरिक जीवनमा मात्रै अर्थपूर्ण र सान्दर्भिक छैनन,यसको सफलताले लोकतान्त्रिक आन्दोलन,आर्थिक समृद्धि र समाज निर्माणमा ठूलो प्रभाव पार्नेछ । यसर्थ अधिबेशनहरु व्यापक उपस्थितमा भब्य र सभ्य रुपमा महाअभियानको रुपमा सम्पन्न गर्न पार्टी नेता,कार्यकर्ता र आमजनतामा नेकपा (एमाले) अर्घाखाँचीले आव्हान गरेको छ ।