अर्घाखाँचीमा नयाँ सिडियो हरि प्रसाद घिमिरेलाई स्वागत | शान्ति सुरक्षा अमन चयनमा कुनै कमी नराख्ने प्रतिबद्धता


सुर्य भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नयाँ प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई जिल्लामा स्वागत गरिएको छ    ।
कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको  आयोजनामा शुक्रबार नयाँ प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई जिल्लामा स्वागत गरिएको छ    ।  
आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता कृष्ण बर्माको सन्चालनको  हरि डुम्रेको  स्वागत मन्तब्यमा  सम्पन्न भएको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी घिमिरेलाई ट्रेड युनियनले प्रकासन गरेको बृर्ति नामक पुस्तक हस्तान्तरण गरि सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको थियो ।
स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले  अर्घाखाँचीमा रहदा जनताको जिउधनको सुरक्षा गर्दै शान्ति सुरक्षा अमन चयन प्रभाबकारी सेवा जनतालाई उपलब्ध गराउन आफु प्रतिबद्ध भएर लाग्ने बताउनु भयो । 
उहाले ट्रेड युनियनले गरेको स्वागतले  आफु हर्सित भएको बताउनु भयो । कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल लगायतका सुरक्षा निकाएका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालय प्रमुखको विदाई तथा अन्य कार्यालयका नव आगन्तुक कर्मचारीहरुलाई स्वागत गरिएको थियोे ।
परिचायत्मक कार्यक्रम सम्पन्न
यस्तै आज बिहान नयाँ प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेसँग अर्घाखाँचीका संचारकर्मीसँग परिचायत्मक कार्यक्रम सम्पन्न भएको थियो । 
जिल्लामा रहेका क्रियाशिल पत्रकारहरु उपस्थित बैठकमा घिमिरेले आपसी सद्भाव र एकताका साथ जिल्लाको हितमा काम गर्ने प्रतिवद्धता जनाए । सुचनाको हकको पुर्ण पालना गर्ने भन्दै प्रजिअ घिमिरेले पत्रकारहरु सुचनाको महत्वपुर्ण स्रोत रहेको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा अर्का सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक अम्मर थापा, जिल्ला अनुसन्धान प्रमुख विनय चतुर्वेदी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।