गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमालेले भाेली वार्ड तहमा नयाँ नेतृत्व पाउने भएकाे छ । केन्द्रीय निर्देशन अनुसार देशभर सहित अर्घाखाँचीमा वार्ड तहमा भाेली निर्वाचन हुन लागेकाे हाे ।
राज्यकाे पुर्नसरचना अनुसार पहिलाे पटक हुन लागेकाे निर्वाचन ससहमति हुने आकलन गरिएकाे छ । एकताकाे सन्देश दिन सके सम्म सर्वसम्मत गर्ने गरि एमालेले तयार गरेकाे छ ।
सबै वडाको अधिबेशनको निम्ति आबस्यक सबै तयारी पुरा भएको जनाएको हो । एमालेले अन्य जिल्लाहरुमा जस्तै जिल्लाका ६१ वटा वडामा एकसाथ अधिबेशन गर्दै छ ।
अधिबेशनको निम्ति जिल्ला तथा नगर कमिटीबाट प्रतिनिधि खटाउनुका साथै अन्य आवस्यकीय तयारी पुरा भएको एमाले इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले बताउनुभयाे । अधिवेशनले अध्यक्ष ,उपाध्यक्ष ,सचिव र दुई उपसचिव समेत प्रत्येक वडामा ३१ सदस्यीय वडा कमिटी गठन गर्ने एमाले जिल्ला अध्यक्ष चेतनारायण अार्चायले जानकारी दिनुभयाे । सोही अधिबेशन बाट सदस्य संख्याको आधारमा पालिका अधिबेशनको लागि प्रतिनिधि समेत चयन गरिने जनाएको छ ।
अधिबेशनमा जिल्लाका ९ हजार ६ सय ३२ जना पार्टी सदस्य र समर्थकहरु समेत गरि हजाराैकाे सहभागीता रहने आर्चायले बताउनुभयो । अधिवेशनमा उल्लासमय वातावरणमा उपस्थित हुन जिल्लाका सबै कार्यकता अातुर रहेकाे एमालेले जनाएकाे छ ।
जिल्लाका अधिकाम्स वडामा पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यम बाट सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ ।