अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला हुलाक कार्यालयमा विदाई कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा विगत एक वर्ष भन्दा बढि समय कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका हुलाक अधिकृत पितानाथ लुईटेललाई जिल्ला हुलाक कार्यालयमा विदाई कार्यक्रम सम्पन्न भएको हो ।
लुईटेलको अर्घाखाँचीबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको छ ।