अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा सामुदायिक सेवा केन्द्र पदाधिकारीहरुसँग प्रहरीको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सभहलमा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाको अध्यक्षतामा सामुदायिक सेवा केन्द्र अर्घाखाँचीका पदाधिकारीहरु छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक सेवा केन्द्र अर्घाखाँचीका पदाधिकारीहरु बिच सेवा केन्द्रलाई थप सक्रियताका साथ सामाजिक अपराध रोकथाममा केन्द्रित रही सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।