रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची अदालतका जिल्ला न्याधिस बासुदेब न्यौपानेले लेखापढी ब्यवसायीहरुलाई समयअनुसार प्रबिधिमेत्री बन्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले समय अनुसार अगाडि बढ्न नसके पेसा नै छाड्नुपर्ने स्थिति आउन सक्ने बताउनु भएको हो । नेपाल लेखापढि कानुन ब्यवसायी यसोसियसन अर्घाखाँचीको आठौ जिल्ला अबिधेशनलाई सम्बोधन गदै उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले लेखापढि ब्यवसायिहरु सेबाग्रहीप्रति जिम्मेबार बन्नु पर्ने बताउनु भएको छ ।
अबिधेशनमा लेखापढि ब्यवसायीका पुर्व केन्द्रिय उपाध्यक्ष राम बहादुर चौहान , मालपोत कार्यालयका प्रमुख राजीब पन्थी , जिल्ला अदालतका श्रेष्तेदार महेश खनाल ,नेपालबार यसोसियसनका जिल्ला अध्यक्ष बिजय क्षेत्री ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल लेखापढि ब्यवसायीका प्रदेश सदस्य हरि प्रसाद दमासे लगायतले मनतब्य राख्नुभएको थियो ।
कार्यक्रम नेपाल लेखापढि कानुन ब्यवसायीका जिल्ला अध्यक्ष तारा कुवंरको अध्यक्षता र संस्थाका उपाध्यक्ष फसुराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।
आठौ जिल्ला अबिधेशनले बालकृष्ण खनालको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भरतमणि पन्थि , सचिबमा बिष्णु प्रसाद बन्जाडे , कोषाध्यक्षमा शोभाखर भुसाल ,सहसचिबमा सबिता पौडेल सदस्यहरुमा सरोज पाण्डे , बिष्णु प्रसाद खनाल , महानन्द पोख्रेल , मान बहादुर महत , बाबुराम घिमिरे, सरस्वता खड्का रहेका छन् ।