सिद्धाराको खयरभट्टीमा झाडापखालाको लक्षण, एकै गाउँका १५ भन्दा बढी विरामी, ५ जना अस्पताल भर्ना


संगम बेल्बासे 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको खयरभट्टीमा झाडापखालाको लक्षण देखिएको छ ।
झाडापखालाका लक्षण देखा परेका एकै गाउँका १५ भन्दा बढी विरामी देखा परेका छन् । त्यस्तै ५ जनालाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको स्थानिय बालम न्युटन आलेले जानकारी दिए । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको उनले बताए ।
झाडापखालाको लक्षण देखा परेका केही बिरामी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, रुपन्देहीको सालझण्डी स्थित हिराचन मेडिकल र केहीलाई स्थानिय क्लिनिकमा उपचार भईरहेको स्थानियले रातो प्रेसलाई जानकारी गराएका छ्न । त्यस्तै सोही लक्षणका बिरामी फोर्सलका पनि रहेका छन् ।
सिद्धारा स्वास्थ्य चौकीका प्रमुख धिरेन्द्र धामीले पानीका कारण झाडापखालाको लक्षण देखा परेको हुनसक्ने बताए ।
स्वास्थ्य शाखाकाप्रमुख नरनारायण बेल्बासेले हिजो रातीमात्र जानकारी प्राप्त भएको बताएका छन् । साथै आज नगरपालिकाबाट स्वास्थ्य टोली पठाउन लागिएको उनले जानकारी गराए । 

अन्य समाचारहरु