हिम “लेकाली “
सन्धिखर्क, अर्घाखाँची । कार्तिक ९ गते सम्पन्न हुने नगर अधिबेशनका लागि नेकपा( एमाले ) सन्धिखर्क नगर कार्यालय सचिवालयकाे बैठक मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
नगर अध्यक्ष तथा सचिवालय संयाेजक श्री कृष्ण भुसालकाे अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न समसामयिक बिषयमा छलफल गरि निर्णय लिएकाे छ ।
सचिवालय सदस्य बल बहादुर रायमाझी काे सन्चालनमा सम्पन्न बैठकमा प्रमुख अतिथि नेकपा ( एमाले ) प्रदेश कमिटी सदस्य के.बि. भुसाल ले बैठकमा सम्बाेधन गर्दै वार्ड अधिवेशनहरू सर्बसम्मत रूपमा सम्पन्न भएका र नगर अधिवेशन पनि सर्बसम्मत रूपमा सम्पन्न हुने बताउनु भएको छ ।
उहाँले संगठनलाई बलियाे र सबल बनाउन सक्षम र कृयाशिलहरूलाई कमिटीमा ल्याउनु पर्ने भनाइ राख्नु भयाे । उहाँले अधिवेशन सम्पन्न गर्न कुनै कमि नराखि काम गर्न अायाेजक कमिटी लाई निर्देशन गर्नु भएकाे छ ।
बैठकमा विशेष अतिथि नगर कमिटी ईन्चार्ज युवराज श्रेष्ठ , नगर कमिटी सह ईन्चार्ज राम बहादुर रायमाझी( क ) र शंभु पाेख्रेल काे विशेष अातिथ्यता रहेकाे थियाे ।
बैठकले नगर अधिबेशन सम्पन्न गर्नका लागि विभिन्न उप समितिहरूकाे गठन गरेकाे छ ।श्रीकृष्ण भुसालकाे संयाेजकत्वमा कार्यक्रम ब्यबस्थापन उप समिति , बिष्णु परियारकाे संयाेजकत्वमा अतिथि सत्कार तथा सम्मान उप- समिति ,कूशल भुसालकाे संयाेजकत्वमा मन्च ब्यबस्थापन उप- समिति , बल बहादुर रायमाझी काे संयाेजकत्वमा प्रचार प्रसार तथा सांस्कृतिक उप-समिति , प्रतिनिधि तथा निर्वाचन सामाग्री ब्यबस्थापन उप- समिति मा लक्ष्मण पराजुली , स्वयंसेवक तथा खाजा ब्यवस्थापन उप- समितिमा नारायण बि.सि ,प्रतिवेदन तयारि उप- समितिमा श्रीकृष्ण भुसाल , शिव अधिकारी तथा बिष्णु परियार रहनु भएकाे छ । अधिबेशनमा सन्धिखर्क नगरपालिका का १२ वडाका ६०१ प्रतिनिधिहरू पर्यबेक्षक अतिथि स्वयंसेवक गरि हजार भन्दा बढिकाे सहभागिता रहने बताईएकाे छ ।
अधिबेशन सन्धिखर्क हल लाईन स्थित संगम फुड ल्याण्ड एण्ड क्याटरिङ्ग सेन्टर मा दिनकाे ११ बजे बाट सुरू हुने अायाेजक कमिटी सचिवालयले जनाएकाे छ ।