अर्घाखाँचीभरका विधालयहरुमा शिक्षक-विद्यार्थीहरु पढाईमा भन्दा टिकटक, फेसबुक चलाऊन व्यस्त
कार्तिक ८ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विधालयहरुमा विद्यार्थीहरुले प्राय पढाईमा भन्दा टिकटकमा समय दिने गरेका छन् ।
धारापानीको श्री शान्ती मावीका विधार्थीले टिकटक लाइभ गर्दै । भिडियो: प्रकाश भुसाल
जिल्लाका सबै सरकारी तथा निजी विधालयहरुमा विद्यार्थीहरुले विहान १० बजेदेखि ४ बजेको समयमा प्राय टिकटक, फेसबुक चलाऊनमा व्यस्त देखिएका हुन् ।
अर्घाखाँचीका विधालयहरुले मोबाइल बोक्न छुट दिएका कारण प्राय विधार्थीहरु जतिबेला पनि फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्चाल चलाउदै बसेका देखिन्छन् । यस्तै जिल्लाका सन्धिखर्क लगायतका कयौ विधालयमा ६ देखि १० कक्षा पढने विद्यार्थीहरु मात्र नभएर शिक्षकहरु पनि टिकटक बनाउदै सामाजिक सञ्जालमा राख्ने गरेका देखिन्छन् ।
यस्तै केही दिन अगाडि धारापानीको श्री शान्ती मावीका विधार्थीहरु टिकटक लाइभ गरेका थिए । लाईभ भिडियोमा प्राय विधार्थीहरु मोबाईल खेलाउदै गरेका देखिन्छन् । श्री शान्ती मावीका विधार्थीहरु मात्र नभएर शिक्षकहरु पनि दिनभर गेम खेल्न, टिकटक, फेसबुक चलाऊनमा व्यस्त देखिन्छन् ।
श्री शान्ती मावी धारापानीका विधार्थीले टिकटक लाइभ गर्दै । फोटो: प्रकाश भुसाल
उता सन्धिखर्कका एक मावी विद्यालय शिक्षकले भने; “विद्यार्थीहरुले अश्लील टिकटक पनि बनाएको देखिन्छ । अभिभावकले आफ्ना बच्चाहरुको मोबाइल हप्तामा एक पटक चेक गरि टिकटक र गेम भेटिएमा कारबाही गर्नुपर्छ, केटाकेटी बिगार्ने बिधार्थीका अभिभावक हुन् ।”
विद्यार्थीहरुले स्कुल ड्रेसमै जंगल, बाटोमा टिकटक बनाएको देखिन्छ । अभिभावकले भने सबै विधालयहरुले विद्यार्थीहरुलाई मोबाईल बोक्न प्रतिबन्धित गर्नु पर्ने बताउन्छन् ।
शिक्षकहरूले पढाउँदै गरेको बेला विद्यार्थीहरूले कक्षा कोठामा होहल्ला गर्ने, फोन चलाउँदै बस्ने जस्ता गतिविधिहरू गरेका देखिन्छन् । हातहातमा अहिले मोबाइल फोन देखिन थालेको छ। साथै जिल्लाका केही विधालयहरुले नि:शुल्क इन्टर्नेट जडान गरेका छन् । तर विद्यार्थीहरूले इन्टर्नेटमार्फत् ज्ञान आर्जनभन्दा पनि सामाजिक सञ्जाल प्रयोग गरेर मनोरञ्जन गर्न थालेका छन् ।
जिल्लामा सजिलै उपलब्ध हुने सस्तो खालका स्मार्टफोनबाट पनि इन्टर्नेट चलाउन सहज हुन थालेपछि विद्यार्थीहरूलाई समेत मोबाइल चलाउने लत लागेको भन्दै चिन्ता व्यक्त हुने गरेको छ।