अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरुले यात्रुहरुसँग मनपरी भाडा असुल्ने गरेको पाइएको छ ।
अर्घाखाँची जिल्लाबाट बुटवल, काठमाडौं, कृष्ण नगर लगायत बाहिर शहरमा चल्ने सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुल्दै आएका हुन् ।
सन्धिखर्कबाट काठमाडौंको जाने यात्रुहरुसँग १४५० रुपैंया भाँडा लिएको छ । काठमाडौंदेखि सन्धिखर्कसम्मको ३७८ किलोमिटर सडकमा ९८८ रुपैयाँ भाडा कायम भएको छ । यसअघि ७८८ रुपैयाँ लिने गरेका थिए ।
सन्धिखर्क स्थित टिकट काउण्टरमै टिकट काँटेका सबै यात्रुहरुले दोव्बर भाडा तिर्न बाध्य भएका हुन् । यात्रुहरुले भाडा किन १२०० भनी सोधपुछ गर्दा अहिले तेलको मूल्य बढेकाले भाँडा समेत वृद्धि भएको जानकारी गराएका थिए ।
बस सञ्चालक समितिले कायम रहेको नै भाडादर कायम गरी बस चलाउन थालेको भनेपनि काउण्टरमा भने यात्रुहरुसँग मनपरी भाडा असुली रहेको छ ।
उता अमराईदेखि काठमाडौ गएका यात्रु राज अधिकारीले १२०० रुपैयाँ भाडा तिरेर पनि बसमा कुनै सुविधा नपाएको गुनासो गरेका छन् । जिल्लाबाट चल्ने बसहरुले एसी, चार्जर सबै सुविधा सहित भनेता पनि केही नभएको उनको भनाई छ ।
बसका चालक तथा सहचालकले पुरानै भाडा लिएको प्रहरीलाई बताउँने गरेको छ । तर प्रहरीले टिकटमा भाडा के कति लेखिएको छ भनी यात्रुहरुसँग कहिल्यै टिकट माग्दैन् ।
जिल्ला भित्र चल्ने सम्पूर्ण सवारी साधनहरुले वर्षौदेखि क्षमता भन्दा बढी यात्रु राख्ने र बढी-बढी पैसा असुल गर्दै आएका देखिन्छन् ।