पाणिनी गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा कमल घिमिरे चयन (फोटो फिचर)



डिआरजी सुमन 
पाणिनी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमालेको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा  नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य नजिर मियाँले एमालेसँग भिड्न सक्ने शक्ती नभएका कारण गठबन्धन भएको बताएका छन् । नेकपा एमाले पाणिनी गाउँकमिटीको पहिलो अधिवेशनको उद्घाटन गर्दै मियाँले वर्तमान सरकारले देश र जनताको पक्षमा कुनै काम गर्न नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष जिवनारायण कोईरालाले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउँदै पाणिनी गाउँपालिकासहित सबै वडामा एमालेका उम्मेदवरलाई विजयी बनाउँन आजबाट नै लाग्न निर्देशन दिएका छन् । 
कार्यक्रममा एमालेका नेता कुटमदिन अली, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य ईश्वरी खनाल, कमिटि सदस्य तथा पाणिनि सहइन्चार्ज  उमानाथ पौडेल, जिल्ला कमिटी सदस्य रुद्र पोख्रेल, दुर्गा अधिकारी, खगराज पोख्रेल, टेकराज न्यौपाने, इृश्वरा केसी, युवा संघका झविन सुनाम,भविन्द्र घिमिरे, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश घिमिरे लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम नेकपा एमाले पाणिनीका अध्यक्ष कमल घिमिरेको अध्यक्षता, उपाध्यक्ष जिवलाल घिमिरेको स्वागत र सचिव गुनाखर अधिकारीको सञ्चालनमा खुल्ला सत्र सम्पन्न भएको हो । त्यस्तै अधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ ।
नेकपा एमाले पाणिनी गाउँपालिकाको अध्यक्षमा कमलप्रसाद घिमिरे सर्वसम्मत चयन हुनुभएको छ । जसको उपाध्यक्षमा जिवलाल घिमिरे, सचिवमा गुनाखर अधिकारी, उपसचिवद्वयमा ओमप्रकाश पोख्रेल र सुनिता भट्टराई सहित ७५ सदस्यीय कमिटी निर्वाचित भएको नवनिर्वाचित सचिव गुनाखर अधिकारीले बताउँनुभयो ।

अन्य समाचारहरु