शोभाखर पन्थी | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम अधिबेशन सम्पन्न भएको छ ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा मंगलवार एमालेको प्रथम अधिबेशन सम्पन्न भएको हो ।
निर्वाचित छ वटै पालिका कमिटीका सदस्यहरु लाई मंगलबार राति नै सपथ ग्रहण गराईएको नेकपा एमालेले जनाएको छ ।
एमालेको सबै पालिकामा सम्पन्न अधिबेशनमा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो । कतिपय पालिकामा पार्टी नेतृत्वमा आउने ईच्छुकहरु धेरै भएपछि नेतृत्वलाई मिलाउन हम्मेहम्मे भएको थियो ।
नयाँ नेतृत्व चयन सँगै नेकपा एमाले अर्घाखाँची जिल्लामा अझ सशक्त र बलियो भएको नेकपा एमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले प्रतिक्रिया दिनुभयो । उहाँले सर्वसहमत नेतृत्व चयन गर्नुले पार्टीले भावनात्मक एकताको शन्देस दिएको भन्दै कमिटीमा बस्ने ईच्छा भएर पनि छुटेका पार्टीका क्षमतावान र क्रियासिल नेता तथा कार्यकर्ता लाई अन्य ठाउँमा समावेश गरिने समेत जानकारी दिनुभयो ।
जिल्लाका ६ स्थानिय तहमा चयन यस्तो छ । :-
सन्धिखर्क नगरपालिका
अध्यक्ष : श्रीकृष्ण भुसाल
उपाध्यक्ष : शिव अधिकारी
सचिव : कुशल भुसाल
उपसचिव : रिता के.सी.
उपसचिव : लक्ष्मण पराजुली
भुमिकास्थान नगरपालिका
अध्यक्ष : मणिराम पाैडेल
उपाध्यक्ष : चिरञ्जीवी खनाल
सचिव : टामलाल भट्टराई
उपसचिव : ज्ञानु सारू
उपसचिव : झुपलाल खनाल
शितगंगा नगरपालिका
अध्यक्ष : वसन्त श्रेष्ठ
उपाध्यक्ष : सञ्जय राना
सचिव : ऋषि घिमिरे
उपसचिव : शिवकला बि.क.
पाणिनी गाउँपालिका
अध्यक्ष : कमल प्रसाद घिमिरे
उपाध्यक्ष : जीवलाल घिमिरे
सचिव : गुनाखर अधिकारी
उपसचिव : सुनिता भट्टराई
उपसचिव : ओमप्रकाश पाेख्रेल
छत्रदेव गाउँपालिका
अध्यक्ष : रामजी प्रसाद पाण्डे
उपाध्यक्ष : रूपा प्रधान
सचिव : तेज प्रसाद खनाल
उपसचिव : घनश्याम पाण्डे
उपसचिव : नर बहादुर आले
मालारानी गाउँपालिका
अध्यक्ष : शालिकराम आचार्य
उपाध्यक्ष : विष्णु प्रसाद मिश्र
सचिव : नारायण प्रसाद अर्याल
उपसचिव : दिपा पाेख्रेल
उपसचिव : बिष्णु प्रसाद पाैडेल