देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया मौसम सफा

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ। पहाडी भू-भागका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
देशका थोरै स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । इमेज खबरमा समाचार छ ।