माधब पौडेल
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर १ पणेनाको सिम्लेमा एक दिने सुन्तलाजात फलफूल सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।
पणेना सिम्लेमा आज बुधवार एक दिने सुन्तलाजात फलफूल सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीको आयोजनमा चलेको तालिममा विभिन्न समूह, निजी फार्मका गरी २५ सुन्तला कृषकहरु उपस्थिति रहेको थियो । कार्यक्रममा सुन्तला जातमा लाग्ने रोग ,उत्पादनमा वृद्धि लगायतका विषय वस्तु समेटिएको थियो ।
सुन्तलामा लाग्ने रोग र यसका समाधानका उपायको बारेमा प्रोजेक्टरको माध्यमबाट किसानलाई सिकाइएको थियो । अर्घाखाँची जिल्ला कै सुन्तला पकेट क्षेत्र। भनेर चिनिने पाणिनीको सिम्ले एक गाउँमा मात्रै वार्षिक २ करोड माथिको सुन्तला निर्यात हुने गर्दछ ।
सुन्तला खेतीलाई यहाँको मुख्य खेती पनि हो । सुन्तला खेतीको विस्तार तिब्र गतिमा अगाडि बढेको हुँदा अबको पाँच सात वर्षपछि यदि गाउँबाट मात्रै करिब पाँच करोड भन्दा माथिको सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।