अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती मगरले स्वर्गीय नेता बिरजङ्ग कम्युनिस्ट आन्दोलनको योद्धा भएको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रिय सदस्य स्वर्गीय विरजंगको सम्झनामा नेकपा अर्घाखाँची जिल्ला समितिले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी खेम घर्ती मगरले स्वर्गीय बिरजंगले वर्ग सङ्घर्ष एवं पञ्चायती निरंकुशता ,१० बर्ष जनयुद्ध र नेपालको सामन्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका र क्रान्तिकारी पार्टी निर्माणमा महत्वपुर्ण योगदान गरी ,दलाल पुजीवादी सत्ताको अन्तका लागि बैज्ञानिक समाजवादको बाटोमा निरन्तर हिडेको बताउदै स्वर्गीय विरजङ्गका अधुरा सपना पुरा गर्न सबै नेताकार्यकर्ता गोलबन्द हुनुपर्ने बताउदै स्वर्गीय बिरंजङ्ग इमानदार क्रान्तिकारी पार्टी निर्माण र कम्युनिस्ट आन्दोलनका योद्धा,क्रान्तिका अभिभावक एवं कुशल संगठक भएको नेता घर्ती बताए ।
यसरी कार्यक्रम मन्तब्य राख्नेमा जागरण मन्चका केन्द्रिय सदस्य चिन्तन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला सदस्य नविन खड्का सहिद परिबारका सदस्य गिरिजा खड्का समाजसेबी गोबिन्द खनाल युएई समाजका केन्द्रिय सदस्य प्रकाश बन्जाडे लगायतका नेतार्ल श्रदान्जअली सभामा मन्तब्य राख्दै स्वर्गीय बिरजङ्ग देश र जनताको पक्षमा निस्वार्थ इमान्दारीताका साथ लागेको योद्धा रहेको पार्टीले क्रान्तिकारी आन्दोलनका अगुबा नेता गुमाएको बताउदैे पार्टीलाई मात्र नभइ कम्युनिस्ट आन्दोलन लाई नै अतुलनीय क्षेती भएको बताउदै नेता विरजङ्गले देखाएको बाटोमा अडिग भइ लाग्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नेकपा का नेता कार्यकर्ता जनबर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि सञ्चारकर्मी बृद्धिजिवी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम नेकपाका जिल्ला सल्लाहकार टामलाल बस्यालको अध्यक्षता जिल्ला सदस्य अनुरागीको सञ्चालनमा सम्पन्न भएको थियो ।