अशोक पौडेल
सिमलपानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. १३ सिमलपानीमा वडाध्यक्ष दुर्गा बिसीले आफ्नो श्रीमतिलाई जागिर खुवाउन असफल भएपछि विद्यालयमा राजनीति गरेको खुल्न आएको छ ।
पहिले पनि आफ्नी श्रीमतिलाई अबैध रुपमा सिमलपानीको श्री बुद्ध आधारभुत बिद्यालय देउरालीमा जागिर खुवाएको तर पछि उच्च अदालत बुटवलको आदेशपछि श्रीमति जागिर गुमेको थियो । त्यसरी श्रीमतिको जागिर गुमेपछि अहिले विद्यालयलाई पनि राजनितिको अखडा बनाएको खुल्न आएको हो ।
वडाध्यक्षले विद्यालयमा राजनिति गर्ने तथा शिक्षक पादाधिकारीलाई पनि धम्काउने गरेको खुलासा भएको छ । जसको कारणले अहिले विद्यार्थीको पढाई प्रभावित हुँदै आएको हो । सोही कारण पनि वडा नं.१३ देउरालीमा अवस्थित श्री बुद्ध आधारभूत विद्यालयमा ताला लाग्दाँ समेत सरोकारवालाहरु बेखबर जस्तै बनेका छन् ।
विगत ४ दिनदेखि विद्यालयमा ताला लाग्दाँ विद्यालयका प्रअ बाबुराम भूसाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम विसी बेखबर जस्तै भएका हुन् । उनीहरुले कुनै चासो नदिएको तथा विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विधार्थीहरुले चिन्ता व्यक्त गरेका छन् । विधार्थीहरुले विद्यालयमा प्रभावकारी पढाई नहुदाँ वास्ता नगरेको भन्दै ताला लगाउन बाध्य भएका छन् ।
विगत ९/१० दिनदेखि विद्यालयमा कक्षा ६/७ को पढाई ठप्प भएपछि विद्यालयमा ताला लगाउनु परेको विद्यार्थीहरुले बताएका छन् । कक्षा ५ सम्मको दरबन्दीका शिक्षकले पहिले बढाउँदै गरेको तर अहिले उनले नै नपढाएपछि कक्षा ६÷७ को पढाई प्रभावित भएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।
तर अझैसम्म विद्यालयका प्रअ र व्यवस्थापन समिति अध्यक्षले नै कुनै चासो नदिएपछि विद्यार्थीको भविष्य नै अन्योलमा परेको स्थानीयले बताएका छन् । विद्यार्थीहरुको रोकिएको पढाईलाई प्रभावकारी बनाउनु पर्ने तथा विद्यालयमा राजनिति नगर्न समेत विदयार्थीका अभिभावकहरुले माग गरेका छन् ।