काठमाडौंमा प्रधानन्यायाधीशकाे राजिनामा माग गर्दै विवेकशील साझाको प्रर्दशन


दिपक भुसाल 
काठमाडौं । काठमाडौंमा विवेकशील साझा पार्टीले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गर’, ‘नेताहरु न्यायालयमा हस्तक्षेप नगर’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका छन् । आज माईतीघरमा उनीहरु विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आज प्रदर्शन गरेका हुन् 
 सर्वोच्च निकाय कु-संस्कृत राजनीतिका कारणले कमजोर बनेको, दलहरूको भागबन्डा, प्रधानन्यायाधीशहरुको अनैतिक बार्गेनिङजस्ता विकृतिविरुद्ध प्रदर्शन गर्नुपरेको साझाका संयोजक मिलन पाण्डेले बताए ।
दलीय भागबन्डा स्वीकार्ने संविधानको धारा संशोधन, दलहरूका शीर्ष नेताहरूको राजीनामा, दलहरु माफी मागेर सुध्रने, प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्नेलगायत आफ्नो दलको माग रहेको उनको भनाइ थियो ।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएको छ । नेपाल बार एशोसिएसनले त राजीनामा नदिए देशव्यापी आन्दोलन गर्ने निर्णयसमेत गरिहेको छ । सर्वोच्च अदालतकै १४ जना न्यायाधीशले आईतबारदेखि ईजलाश बहिष्कार गरिसकेका छन् ।