पोखराथोकको हरिहर शिक्षा क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति गठन


अर्घाखाँचीडट्कम संवाददाता 
पोखराथोक, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वार्ड नम्बर २ पोखराथोकको हरिहर शिक्षा क्याम्पसमा विद्यार्थी कल्याणकारी समिति गठन गरिएको छ ।
पोखराथोकको हरिहर शिक्षा क्याम्पसमा विद्यार्थीको हक हितमा काम कल्याणकारी समिति गठन गरिएको हो ।
कल्याणकारी समितिको अध्यक्षमा कमला थापा, उपाध्यक्ष युवराज भुसाल, सचिव रमा श्रेष्ठ, कोषाध्यक्ष कमला रायमाझी लगायतका रहेका छन् । साथै समितिका पुर्व बिद्यार्थी तथा कल्याणकारी कोषका पुर्व अध्यक्ष निराजन शर्माको पहलमा गठन गरिएको कल्याणकारी समितिमा २१ सदस्यहरु रहेका छन् । 
यस्तै कार्यक्रम क्याम्पस प्रमुख डिल्ली राम पोखरेलको प्रमुख आतिथ्यता, निराजन शर्माको अध्यक्षता अस्मिता विकको स्वागत मन्तव्य र किरण घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु