अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनको लुटिपोखरीमा रहेको श्री कालिका माध्यामिक विद्यालयमा प्रहरीको आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।
खनको लुटिपोखरीमा रहेको श्री कालिका माध्यामिक विद्यालयमा बिहीवार प्रहरीको आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न भएको हो ।
ईलाका प्रहरी कार्यालय खनको आयोजनामा भएको लुटिपोखरी स्थित रहेको कालिका माध्यामिक विद्यालय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको थियो ।