अर्घाखाँचीमा आज बिहीवार ६ जना कोरोना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३१ जना, भूमिकास्थान नगरपालिकामा ९ जना,  शितगंगा नगरपालिकामा ४ जना,  मालारानी गाउँपालिकामा ७,        पाणिनी गाउँपालिकामा २  र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४१९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९४३  जना, भूमिकास्थान नगरपालिकामा ७५०   जना,     शितगंगा नगरपालिकामा ४३९ जना,       मालारानी गाउँपालिकामा ५५२ जना,  पाणिनी गाउँपालिकामा ४३४ जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४२७८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८८४  जना, भूमिकास्थान नगरपालिकामा ७२६  जना,  शितगंगा नगरपालिकामा ४२२  जना,   मालारानी गाउँपालिकामा ५३१ जना,    पाणिनी गाउँपालिकामा ४२१  जना   र छत्रदेव गाउँपालिकामा २९४  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
बिहीवारको  कोरोना विवरण यस्तो छ: