झाडापखाला फैलिएको सिद्धाराको खयरभट्टीमा पानी परीक्षणकाे लागि स्वास्थ्य टोली पुग्याे, रिपाेर्ट दुई दिनमा आउने


गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्दारामा झाडा पखलाबाट सिङ्गो गाउँ नैै प्रभावित बनेपछि खानेपानीकाे मुहान परीक्षणकाे लागि एक टोली प्राभावित क्षेत्रमा पुगेकाे छ । जिल्लाको शितगंगा नगरपालिका -११ खयरभट्टी सिङ्गोगाउँ नै झाडा पखला फैलिएको हो ।
गत शनिबारबाट झाडापखला फैलिएको क्षेत्रमा खानेपानी मुहानकाे पानी अवस्थाकाे परीक्षण गर्न आज खानेपानी कार्यालय बुटवलबाट टोली पुगेको छ । स्वास्थयकर्मी सहितको टोली आज बिहिबार बिहान प्रभावित क्षेत्रमा पुगेकाे खएरभट्टी स्वास्थ्य इकाइका प्रमुख भानुभक्त बेल्बासेले बताए । टोलीले ६ वटा पानीको मुहानबाट पानी परिक्षण गर्न लगिएकाे उनले बताए । त्यस्तै अर्काे स्वास्थ्य टाेली लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत बिरामीकाे दिसा जाँचकाे लागि पठाइएकाे शितगंगा स्वास्थ्य शाखाका प्रमुख नरनारायण बेल्बासेले बताए ।
पहिलेकाे हिसाबले झाडापखालाका बिरामीहरु घटदै गएपनि बिरामीहरूमा समस्या दोहोरिएर आउने गरेकाे छ । हिजाे बुधबार मात्रै स्थानिय मेडिकलमा उपचार सम्भव नभएपछि एक जनालाइ लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारत मध्ये ५ जना निको भएर घर फर्किएका छन भने अन्य स्थानिय क्लिनिकबाट उपचार गराइ निकाे भइ सकेका छन ।
केहि दिन अघि सोही ठाउँमा स्वास्थ्य शिविर संचालन गरिएको थियाे । झाडापखालाको लक्षण देखा परेको आशंका भएपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी टोली पुगि परीक्षण गरेको साेही वडाका अध्यक्ष कपिल आलेले बताए ।

अन्य समाचारहरु