प्रकाश प्युठानी
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. ८ पालीका क्यान्सर पीडित युवालाई युवा व्यवसायी जीवन बोहोराले जन्मदिनको अवसरमा आर्थिक सहयोग गरेका छन् ।
पालीका क्यान्सर पीडित विष्णु लम्साललाई युवा व्यवसायी जीवन बोहोराले आफ्नो २६ औ जन्मदिनको अवसरमा ५ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।
बोहरा विभिन्न सँघसस्थामा आबद्ध छन् ।
बिष्णु लम्साल बचाउ अभियान बुटवल मिलनचोक जय सुपादेउराली मोटरसाइकल वर्कसपबाट सहयोग संकलन गरिरहेको बताइएको छ ।