सागर परियार
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) अर्घाखाँचीको प्रथम सचिवालयको बैठक सम्पन्न भएको छ।
जिल्ला पार्टी कार्यालय सन्धिखर्कमा सप्पन्न बैठकले मंसिर १२ गते भित्र अर्घाखाँचीका सम्पुर्ण पालिका र वाड कमिटी गठ्न गर्ने निर्णय गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादी अर्घाखाँचीमा जिल्लामा नमुना पार्टी हुने र बनाउन सम्पुर्ण पार्टीका कमरेडहरुलाई निर्देशन दिनु भएको छ । केपी ओलीले संविधान मिच्न खोजेको भन्दै देशलाई दुर्घटना हुन बाट बचाउन पार्टी बाट बिद्रोह गरेर नया पार्टि एकीकृत समाजवादी बनाएको बताउदै पहिले पनि पार्टी हामिलेनै बनाएको र अहिले पनि हामिले नै पार्टीलाई नमुना बनाउने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य पिताम्बर सारुले अब पार्टी निर्माणको कार्य युवाहरुको काधमा आएको भन्द्रै अब युवाले मात्र यो देशको मुहार फर्ने सक्ने बताउनु भएको छ ।
बैठकमा ६ वटै पालिका बाट पालिका स्तरमा भएको पार्टीको स्थिति र गरेका गतिविधिको बारेमा सन्धिखर्क नगरपालिकाबाट सिद्धि प्रसाद भुसाल, भुमिकास्थान नगरपालिकाबाट झबिलाल भट्टराई, शितगंगा नगरपालिकाबाट नारायण शर्मा पाणिनी गाउँपालिकाबाट अभिमन्यु पोख्रेल, मालारनी गाउँपालिकाबाट लोकनाथ आचार्य , छत्रदेब गाउँपालिकाबाट सुनिल भुसालले रिपोर्टिङ गर्नु भएको थियो । बैठकले कार्यबिभाजन र जिल्ला कमिटीको पदाधिकारी चैयन समेत गरेको छ । त्यस्तै संगठन बिस्तारको लागी कार्यबिभाजन गरेको छ ।
जसमा सन्धिखर्कको लागि पिताम्बार भुसाल, कुलदिप भुसाल, सिद्धि भुसाल, बिस्णुहरि भुसाल, नारायण भुसाल, राजकुमार बिक, सुमित्रा मुखिया लगायत सम्पुर्ण जिल्ला कमिटी त्यस्तै भुमिकास्थान नगरपालिकामा पिताम्बार भुसाल, सुनिता बेल्बासे, हृदय भुसाल, भोजन गुरुङ , दिनामणि बेल्बासे लगायत सम्पुर्ण पदाधिकारी त्यस्तै शितगंगा नगरपालिकामा पिताम्बार सारु, नारायण शर्मा, नारायण बेल्बासे, बिक्रम आचार्य, वसन्त बेल्बासे, अर्जुन बुढा लगायत सम्पुर्ण जिल्ला कमिटी त्यस्तै पाणिनी गाउँपालिकामा लक्ष्मी गौतम, युवराज पौडेल, अभिमन्यु पोख्रेल, डेम ब. नेपाली, ओम प्र. भुसाल त्यस्तै मालारानी गाउँपालिकामा, राम बहादुर चौहान, लोकनाथ आर्चाय , हरि ब. चौहान, कृष्ण भुसाल लगायत सम्पुर्ण जिल्ला कमिटी त्यस्तै छत्रदेब गाउँपालिकामा हरि पन्थी, शुनिल भुसाल, विशाल श्रेष्ठ, किरण पाण्डे लगायत सम्पुर्ण जिल्ला कमिटीहरु नेतृत्वमा संगठन बिस्तारमा लाग्ने निर्णय गरेको छ ।
यस्तै मिडियामा संयोजन कर्ताको रुपमा नारायण शर्मालाई तोकेको छ । बैठकले प्रदेशको कार्यक्रम अनुसार हुने जिल्ला भेल तथा प्रशिक्षण कार्यक्रममा सब्य र भब्य बनाउनको लागि सम्पुर्णहरुलाई निर्देशन गरेको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य यमुना भुसालको स्वास्थ्यलाभको कामना गर्दै भुसालको स्वास्थ्यमा पार्टीले कुनै पनि कसुरबाकी नराख्ने निर्णय गरेको छ ।
त्यस्तै तारापती भट्टराईको बुवाको स्वर्गवासको कामना गर्दै स्वकाकुल परिवारमा समबेदना समेत प्रकट गरेको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पिताम्बार भुसाल, अतिथिहरु केन्द्रिय सदस्य पिताम्बर सारु, केन्द्रिय सदस्य तथा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम,प्रदेश सदस्य सुनिता बेल्बासे लगायतले मन्तव्य संगै निर्देशनात्मक भनाइ राख्नु भएको थियो ।
कार्यक्रम एकीकृत समाजवादी पार्टी अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता सचिब युबराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।