सिमलपानीमा बजार अनुगमन | म्याद गुज्रिएको अखाद्य बस्तु, घरेलु मदिरा बरामद गरि नष्ट


सचिन बोहोरा
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले विभिन्न स्थानहरुमा बजार अनुगमन गरेको छ । चाडपर्व लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको नगरपालिकाको अनुगमन समितिले वार्ड नम्बर १३  र १४ सिमलपानीका पसलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा धेरै जसो पसलहरुले मुल्य सुचीनै नराखिकिएको , म्याद गुज्रेका सामान विक्रबितरण गर्ने गरेको , एकै पसलमा मदिरा ,किराना , होटल समेत स्ञचालन गरेको पाईएको छ । शितगंगा नगरपालिका १३ सिमलपानीमा गरिएको अनुगमनमा पसलहरु दर्ता नविकरण समेत नगरेको पाइएको छ । वडामा मात्र दर्ता गरेको तर नविकरण समेत नगरेका ब्यापारीहरुलाइ जरिवाना गरिएको र प्यानमा र वडामा नियमित नविकरण गर्ने निर्देशन गरिएको बजार अनुगमन समितिका प्रमुख नागेन्द्र नेपालले जानकारी दिनु भयो ।
चाडपर्वमा हुन सक्ने सम्भावीत ठगी र महंगाईलाई मध्यनजर गर्दै शितगंगा नगरपालिकाले तिज देखि नियमित बजार अनुगमनलाई कडाईका साथ अँगाडी बढाएको छ ।
अनुगमनको क्रममा सुजि, भुजा,चाउचाउ ,मिट मसाला, दालमोट घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । दर्ता बिना सञ्चालनमा आएका र नविकरण नगरेका पसलहरुलाई ३० दिन भित्र नियम पुरा गर्न निर्देशन समेत दिईएको उद्योग बाणिज्य संघका प्रतिनिधि उपाध्यक्ष अर्जुन बुढाले बताउनु भयो ।
बजार अनुगमन समितीका प्रमुख नागेन्द्र नेपाल , इप्रका ठाडामा प्रहरी नायव निरिक्षक सालिकराम खनाल , उद्योग बाणिज्य संघका उपाध्यक्ष अर्जुन बुढा, सञ्चारकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

अन्य समाचारहरु