अर्घाखाँचीमा नक्कली मह विक्री गर्ने सक्रिय | ५५० लिटर बेच्न सन्धिखर्कमा लैजाने क्रममा एक जना प्रकाउ


रुद्रमणि भुसाल | अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठाडामा नक्कली मह बिक्रीको लागि सन्धिखर्क तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले एक जना प्रकाउ गरेको छ ।   
 
नक्कली मह सहित १ जनालाई इलाका प्रहरी कार्यालय ठाडाले पक्राउ गरेको हो । गाडीमा राखी बिक्रीको लागि सन्धिखर्क तर्फ लैजादै गरेको अबस्थामा प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा मह जस्तो देखिने बस्तु फेलापारी नष्ट गरेको हो ।
भारतिय नागरिकले करिव ५५० लिटर नक्कली मह लिएर जानेक्रममा प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ब्यतिले मौसी, अरिङगालका चाकाहरु मिसाएर मह भन्दै बिक्री गर्ने गरेको पाइएको छ । साथै महको गन्ध आउने बिभिन्न केमीकल समेत बरामद भएको छ । ग्रामिण क्षेत्रमा प्रति किलो ५०० देखि १२ सय सम्ममा बिक्री गर्ने गरेका छन् । 
 इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे , शितगंगा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दामोदर अधिकारी लगायतको रहोवरमा नक्कली मह नष्ट गरिएको छ । पक्राउ परेका ब्यतीका अनुसार चिनी , भेली र खुदो बाट बनाइएको झोललाई मह भन्दै बिक्री गरेको पाईएको हो ।
अर्घाखाँचीमा पछिल्लो समय नक्कली मह बनाएर व्यावसायिक रुपमा विक्री वितरण गर्ने गरेको देखिन्छ ।