अर्घाखाँचीडट्कम संवाददाता
पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीले समुदाय स्तरमा स्वास्थ सचेतना कार्यक्रम संचालन गर्नुका साथै स्वास्थ सामाग्रीहरु बितरण गरेको छ ।
क्याम्पसले शनिबार सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को म्यालपोखरीमा पुगि कोबिड १९ लगायत विभिन्न प्रकारका रोगहरुबाट बच्न खानपिन सरसफाइ मा ध्यान दिने मानसिक तनाव नगर्ने शारीरिक ब्याम गर्ने उच्च मनोबल बनाउने सामाजिक दुरि कायम गर्ने जस्ता कुराहरुको बारेमा सचेत गराइएको स्वास्थ सामाग्रीहरु बितरण गरेको हो ।
कार्यक्रममा विधालय ब्यबस्थापन समितिका सदस्यहरु ऋषब अधिकारी अशोक खनाल निमित्त क्याम्पस प्रमुख बिजय खत्री क्याम्पसका प्रध्यापकहरु द्रोण प्रसाद भुसाल माधाब चुदाली लक्ष्मण पोख्रेल , लीलामणी बस्याल शुरज शारु मिनराज खनाल स्वबियु सभापति लक्ष्मण खड्का सन्धिखर्क नगरपालिका वार्ड न.१२ का वार्ड सचिव अनन्त मणि पोख्रेल स्थानीय समाजसेबि माधब प्रसाद श्रेष्ठ , जेष्ठ नागरिकहरु लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम पाणिनी बहुमुखी क्याम्पस सामाजिक रुपान्तरण सामुदायिक जिम्मेवारी तथा स्वास्थ समितिका अध्यक्ष द्रोण प्रसाद भुसालको अध्यक्षता प्रध्यापक शुरज सारुको स्वागत र प्रध्यापक लक्ष्मण पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।