दुर्गाफाँटमा पाणिनी स्पोर्ट्स एकेडमीले कार्तिक २४, २५ र २६ गते खुल्ला भलिवल प्रतियोगिता गर्ने


डिआरजी सुमन 
देउराली, अर्घाखाँची शनिवार, १३ कार्तिक २०७८ । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा पछिल्लो समयमा खेल क्षेत्रमा प्रभावकारिता वढ्दै जानुमा पाणिनि स्पोर्ट्स एकेडमीलेमहत्वपूर्ण भूमिका निभाएको छ । 
पाणिनी गाँउपालिकाद्धारा आयोजित खेल तथा अन्य संस्थाहरुले आयोजन गरेका खेलहरुमा एकेडमीले सहजकर्ताको भूमिका निभाई रहेको छ । यसै क्रममा पाणिनी  स्पोर्ट्स एकेडेमी को बार्सिक उत्सबको अबसरमा प्रथ मपाणिनी स्पोर्टस एकेडेमी खुल्ला पालिका स्तरिय  पुरुष भलिबल तथा पाणिनी गाउँपालिका स्तरिय महिला भलिबल प्रतियोगिता २०७८कार्तिक २४, २५ र २६ गते दुर्गाफाँटमा आयोजना हुने भएको छ । 
पाणिनिमा आयोजित खुला भलिवल खेल प्रतियोगिता पुरुष तर्फ प्रथम पुरस्कर – रु ५१००० सिल्ड,मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार-रु ३१००० सिल्ड,मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार -रु २१००० सिल्ड,मेडल र प्रमाणपत्र,सान्त्वना पुरस्कार-रु  ११०००  प्रमाणपत्र,उत्कृष्टबिधा तर्फ- बेस्ट पेलेयर,बेस्ट स्पाइकर,बेस्ट क्युइकर,बेस्ट सर्भर,बेस्ट ब्लकर,बेस्ट डिफेन्डर,बेस्ट कोच लाई
 ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाणिनि स्पोर्ट्स एकेडमीले पत्रकार सम्मेलन मार्फ़त जानकारी गराएको छ । 
यस्तै महिला तर्फ विनर पुरस्कार- रु १०००० सिल्ड, मेडल र प्रमाणपत्र,रनर पुरस्कार -रु ५००० सिल्ड, मेडल र प्रमाणपत्र,बेस्ट पेलेयर-ट्रफी ,मेडल र प्रमाणपत्र को व्यावस्था रहेको छ । पाणिनि गाँउ पालिका मा खेल क्षेत्रको विकासको लागी स्थापित पाणिनि स्पोटर्सएकेडमी ले खेलाडीलाई प्रोत्साहन दिदै अवसर नपाएर ओझलमा परेका खेलाडीलाई खेल क्षेत्रमा ल्याउने उद्देश्यले स्पोर्ट्स एकेडमीस्थापना भएको पाणिनि स्पोटर्स एकेडमी का अध्यक्ष भरत पुनः ले अर्घाखाँची डटकम लाई जानकारी गराउनु भएको छ । 
पाणिनि गाँउ पालिका वडा नं ३ वरका रुख खेल मैदानमा आयोजित भलिवल खेल प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्नेगरी तयारीभईरहेको आयोजक संस्था पाणिनि स्पोर्ट्स एकेडमीले जनाएको छ । पाणिनि गाँउ पालिका वडा ४ निगालीमा आयोजित पत्रकारसम्मेलन मार्फ़त खेल प्रतियोगिता वारे आधिकारिक सुचना सार्वजनिक भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु