अर्घा मैदानमा अवैध ढुङ्गा बोक्ने ट्याक्टर र चालक प्रकाउ


अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ९ अर्घा मैदानमा अवैध ढुङ्गा बोकेको ट्याक्टर र चालकलाई प्रहरीले प्रकाउ गरेको छ । 
    
अर्घा मैदानमा शनिबार अवैध ढुङ्गा बोकेको  लु४त ६६८ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले प्रकाउ गरेको हो ।
साथै प्रहरीले नियन्त्रणमा लिएको उक्त ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सन्धिखर्क नगरपालिकाको कार्यालयमा पठाइएको थियो । नगरपालिकाले रु. १०,०००।-(रु.दश हजार) जरिवाना तिराएर छाडिदिएको बताएको छ । 

अन्य समाचारहरु