अर्घाखाँचीका सबै स्थानिय तहका विधालयहरुमा वर्षाका कारण भएको क्षति विवरण संकलन शुरु


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विधालयहरुमा अविरल वर्षाका कारण भएको क्षति विवरण संकलन शुरु भएको छ । 
जिल्लाका सबै स्थानिय तहका विधालयहरुमा साउन र कार्तिकमा आएको अविरल वर्षाका कारण भएको क्षति विवरण संकलन शुरु भएको हो । 
शिक्षा तथा मानव स्रोत केन्द्रका अनुसार जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाकाका सबै वार्ड मार्फत विधालयहरुको क्षति विवरण संकलन गरेको छ । जिल्लाका सबै स्थानिय तहले विधालयहरुको क्षति विवरण १ हप्ता भित्र बुझाउनु पर्नेछ ।
विधालयको नाम, कोठा संख्याको IEMIS कोड नम्बर, आन्शिक रुपमा पुगेको क्षति र मानविय क्षति लगायतका विवरण गुगल फारममा भरी पठाउन पर्नेछ।