अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषको सुर्यथुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा प्रहरीको साईवर अपराध र आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।
अर्घातोषको श्री सरस्वती माध्यमिक विद्यालय सुर्यथुममा सोमबार प्रहरीको साईवर अपराध र आत्महत्या न्यूनीकरण सम्बन्धी प्रशिक्षण सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार “प्रहरी- बिद्यालय सम्पर्क कार्यक्रम” अन्तर्गत सुर्यथुम स्थित श्री सरस्वती माध्यमिक बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्रा तथा शिक्षक/शिक्षिकाहरु गरी अनुमानित ७५ जनाको उपस्थितमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्र.नि.गणेश खनालले साईवर अपराध र आत्महत्या न्यूनीकरण सम्बन्धी बिषयमा प्रशिक्षण दिनु भएको थियो ।