मैदान र पालीको सिमानामा पर्ने सिस्ने खोलाको पुलमा पहिरोका जाँदा आवत जावत बन्द


श्रीधर ठाकुरी | अर्घाखाँचीडट्कम संवाददाता 
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदान र ८ पालीको सिमानामा रहेको सिस्ने खोलाको पुलमा गएको पहिरोका कारण आवत जावत पूर्ण रुपमा बन्द भएको छ । 
अविरल वर्षाको कारण  मैदान र पालीको सिमानामा रहेको सिस्ने खोलाको पुलमा गएको पहिरोका कारण आवत जावत पूर्ण रुपमा बन्द भएको हो । 
पहिरो गएको ठाउँ घुम्ती पाल्पा बाटोको बाशारुख भन्ने बजार नजिक  दुर्गाफाँटमा पर्छ ।  पाणिनि गाउँपालिका देखि २ किमी पश्चिम् सिस्ने खोलाको पुल नीर पर्छ ।  अहिलेसम्म पहिरो फाल्ने काम नहुँदा सवारीसाधन तथा मानिसहरु आवत जावत गर्न पाएका छैनन् । 
यस्तै पाणिनी गाउँपालिकाका कयौ ठाउँहरुका सडक पहिरोका कारण अहिलेसम्मा सुचारु हुन सकेका छैनन् । 

अन्य समाचारहरु