सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । यस वर्ष अर्घाखाँची जिल्लाभरमा रहेका संघ संस्था लगायत सबै स्थानिय तहमा देउसी-भैलो खेल्ने भएका छन् ।
जिल्लाको सदरमुकाम सन्धिखर्क, चुत्राबेसी लगायत सबै स्थानिय तहमा देउसी-भैलो खेल्न आ – आफ्नो तयारी गरेका हुन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका संघ- संस्था, राजनितिक दलले स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलोको आयोजना गर्ने तयारी गरेको बताएका छन् । यस्तै गाउँ – गाउँमा युवा युवती, केटाकेटीहरुले आफ्नै तरिकाले देउसी-भैलो खेल्ने तयारी गरेका छन् ।
देशको राजधानी काठमाडौं लगायत मुलुकभर देउसी-भैलो खेल्न अनुमती दिएका छन् । तर अर्घाखाँचीमा प्रहरी, प्रशासन स्रोतका अनुसार स्वास्थ्य मापदण्ड पुरा गरी देउसी-भैलो आयोजना गरे कुनै अवरोध, हस्तक्षेप नगरिने बताइएको छ । गत वर्ष कोरोना संक्रमणका कारण देउसी-भैलो खेल्ने रोक लगाइएको थियो ।
उता यस अगाडि जिल्लाभर सयौको उपस्थितीमा दशैँ मेला सराय नाँच भएका थिए ।
जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । भने जिल्लामा कोभिड १९ विरुद्धको खोप कार्यक्रम निरन्तर चलिरहेको छ ।
दोस्रो पटक गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।