काठमाडौँ — सरकारले उपत्यकाबाट तिहारमा घर जानेलाई विभिन्न चोकमा कोभिडविरुद्धको खोपको व्यवस्था गरेको छ ।
बल्खु चोक, कलंकी चोक, गोंगबु बसपार्क र कोटेश्वर चोक गरी ४ स्थानमा खोप लगाइँदै छ । खोप ७:३० बजेदेखि ४ बजेसम्म लगाइनेछ ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले खोप कार्यक्रम मंगलबार र बुधबार गरी २ दिनसम्म हुने बताए । दाहालले भने–‘ गाउँपालिकामा पनि खोप लगाइसकेका छन् धेरैले । यो दुई दिनमा जति समेटिन्छन् उनीहरुले खोप पाउनेछन् ।’
एस्ट्राजेनेका र भेरोसेलको खोप लगाउने शाखाले जनाएको छ । खोप लगाउनेले नाम र उमेर खुल्ने परिचय पत्र बोक्नुपर्नेछ । कान्तिपुरमा समाचार छ ।