माधव बेल्वासे
अड्गुरी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नम्बर ७ अड्गुरीमा आज फेरि किङ्ग कोब्रा भेटिएको छ ।
अड्गुरीका जिबलाल अधिकारीको घर नजिकै फेला परेको उत्त सर्पको आजै उद्धार गरिएको हो ।
पाल्पाका सागर पाण्डेको टोलीले उद्धार गरेको उत्त कोब्रा १०.६ लामो रहेको थियो । नया प्रजातिको सर्प देखेपछि आत्तिएका स्थानियहरु उद्धार पछि हर्षित भएका थिए । पाणिनि ७ का वडा अध्यक्ष गुनाखर अधिकारि अस्वस्थताका विचपनि घटनास्थल पुगेर स्थानियहरु सँगै रहनुभएको साथै इलाका प्रहरि कार्यालय पालिका असई गञ्ज बहादुर घमको टोलिपनि घट्नास्थलमा पुगेको थियो ।
स्थानिय अस्मिता अधिकारीले नयाँ जस्तो देखिने सर्प आएको जानकारी गराएपछि किङ्ग कोब्रा अर्थात काली नाग भएको जानकारी भएको त्याहाँबाट भुवन अधिकारीले जानकारी गराउनु भएको छ ।
सोही गाँउपालिकाको झन्द्रेकमा पनि केहि समय अगाडि सोही प्रजातिको सर्प घरभित्र पसेपछि उद्धार गरिएको थियो ।