अर्घाखाँचीडट्कम संवाददाता
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका विभिन्न वार्डहरुमा आफ्ना सयौ कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको हल्लामा सत्यता नभएको नेकपा एमालेले बताएको छ ।
पछिल्लो समय पाणिनी गाउँपालिकाका विभिन्न वार्डहरुमा आफ्ना सयौ कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको हल्लामा सत्यता नभएको एमालेले बताएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट कार्त्तिक १४ गते आईतबार पाेखराथाेकमा १ सय ७६ जना र गत कार्त्तिक ७, आईतबार खिदिममा १ सय ६४ कांग्रेसमा प्रवेश गरेको बताइएको थियो ।
खिदिम, पाेखराथाेक भेट्घाटमा पुगेर आएका एमाले जिल्ला नेताले अर्घाखाँचीडट्कमलाई भने; ” घुम्ती पाल्पा सडक खण्डमा बाटो बिस्तारको काम भैरहेको अबस्थामा बाटोको छेउमा परेका घरका सोझा साझा जनताहरुलाई काङ्ग्रेसमा प्रवेश गर्ने भए हामीले घर छेउमा पर्खाल लगादिन्छौ भन्दै जबर्जस्ती जालसाजी कागज गराएर काङ्ग्रेसमा प्रवेश गरेको हल्ला मच्चाएको छन् ।” २०५६ सालमा काङ्ग्रेसबाट माओवादीमा गएका यस अघिका निर्वाचनमा काङ्ग्रेसलाई सहयोग गर्दै आएका माओवादी काङ्ग्रेसहरु अहिले लाल सलाम भन्न छोडेर जय नेपाल भन्न थालेका मात्र हुन् । एमालेसँग यिनिहरुको कुनै सम्बन्ध नै छैन्।”
यस्तै एमाले जिल्ला कमिटी उपसचिव प्रेमनारायण गैरेले भने; “हिजो एमाले एक्लै थियो आज नेकपा हुँदै थुप्रै पूर्ब माओवादीहरु नेकपा एमालेमा हुनुहुन्छ पाणिनी गाउँपालिकामा नेकपा एमाले अहिले संगठनात्मक रुपमा र जनमत समेतमा बलियो र पहिलो शक्तिशाली पार्टीको रुपमा थप स्थापित भएको छ । खिदिम पोखराथोकमा धेरै एमाले काङ्ग्रेसमा प्रवेश गरे भन्ने अनर्गल प्रचार मात्र भएको दावी हो ।”
साथै तस्बिरमा अविर लगाएर पार्टी प्रवेश गरेका सबै आफ्ना कार्यकर्ताहरु संपर्कमा रहेको र उनिहरुलाई जबर्जस्ती जालसाजी कागज गराएर काङ्ग्रेसमा प्रवेश गराएको पाणिनीका एमाले नेताहरुको दावी छ । उनिहरु भन्छन्; ” कांग्रेसले २,३ सय आफ्नो पार्टीमा प्रवेश गराएको अनर्गल प्रचार गरेका छन्, तर अब पाणिनीलाई एमालेमय बनाइन्छ । अब केही समयमा सयौका सयौ कांग्रेस परित्याग गरी एमालेमा आउने तयारी गरेका छन् । साथै कांग्रेसले आफ्नै कार्यकर्ताहरुलाई समेत अविर, माला लगाइदिएर मिडियामा हावा समाचार, फोटो पठाएर भ्रम फैलाएका छन्।” प्रवेश गरे भन्ने समाचार हावादारी हो, यती बुझुनुस् कि हामी यही छौ,, भर्खरै भेट्घाट गरेर आएका छौ, त्यहाँका एमाले कार्यकर्ता एक जना पनि कांग्रेसमा गएको छैन् ।”
कांग्रेसले सयौ एमाले, माओवादी केन्द्रका कार्यकर्ताहरु पार्टी परित्याग गरी आफ्नो पार्टीमा गरे भनेता पनि सदस्यता प्रदान गरेको नाम विवरण भने उपलब्ध गराउन सकेका छैनन् ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गाैतमकाे पहलमा पालिकाका विभिन्न वार्डहरुबाट एमाले र माओवादी केन्द्रका ३४० जना बढी कार्यकर्ता आफ्नो पार्टीमा आएको कांग्रेसले दावी गर्दै आएको छ । भने अन्य वार्डहरुमा पनि प्रवेश गराउने तयारी गरेको कांग्रेसको दावी छ ।