अर्घाखाँचीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्ष ४ महिनापछि जलुकेबाट पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ जलुकेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि प्रकाउ परेका छन् । 
जलुकेका कर्तव्य ज्यान मुद्दाका फरार ५५ का खिम बहादुर पुलामी मगर २२ वर्ष ४ महिनापछि मंगलवार प्रकाउ परेका हुन् ।
पुलामी मगरलाई जिल्ला अदालत अर्घाखाँची २०५६ साल असार १८ गते कर्तव्य ज्यान मुद्धामा १९ वर्ष ११ महिना १० दिन कैद सजाय तोकेको थियो । 
जलुकेका स्थानीय भिम बहादुर क्षेत्रीलाई २२ बर्ष अगाडि खिम बहादुर पुलामी सहित ४ जनाले चिरपटको प्रयोग गरि हत्या गरेको थिए । अन्य अभियुक्त मध्ये कसैले आफ्नो सजाय भुक्तान गरि सकेका छन् भने २ जनाको मृत्यु भइसकेको प्रहरीले बताएको छ । 
पुलामी मगरलाई बिशेष सूचनाको आधारमा प्रहरीले आफ्नै घरमा लुकिछिपी रहेको अवस्थामा प्रकाउ गरेको थियो । साथै मगरलाई नियन्त्रणमा लिई जिल्ला अदालत अर्घाखाँचीमा दाखिला गरिएकोमा कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँचीमा चलान गरिएको प्रहरीले अर्घाखाँचीडट्कमलाई बताएको छ ।