अर्घाखाँचीमा आज बुधवार ३ जनाले कोरोना जिते, ६ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ६४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३५ जना, भूमिकास्थान नगरपालिकामा ७ जना,  शितगंगा नगरपालिकामा ८ जना,  मालारानी गाउँपालिकामा ४,            पाणिनी गाउँपालिकामा ८  र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४४४९ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९५६  जना, भूमिकास्थान नगरपालिकामा ७५३ जना,     शितगंगा नगरपालिकामा ४४४ जना,       मालारानी गाउँपालिकामा ५५५ जना,  पाणिनी गाउँपालिकामा ४४० जना  र छत्रदेव गाउँपालिकामा ३०१   जना संक्रमित रहेका छन् ।   
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ३ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४२९८ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८९३  जना, भूमिकास्थान नगरपालिकामा ७३१  जना,  शितगंगा नगरपालिकामा ४२२  जना,   मालारानी गाउँपालिकामा ५३६ जना,    पाणिनी गाउँपालिकामा ४२१  जना   र छत्रदेव गाउँपालिकामा २९५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८७ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १५, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।
बुधवारको कोरोना विवरण यस्तो छ: