अर्घाखाँचीमा पत्रकार महासंघद्धारा कार्यसमिति सदस्य बसन्त कुमार बिकलाई आर्थिक सहयोग


अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले कार्यसमिति सदस्य बसन्त कुमार बिकलाई आर्थिक सहयोग गरेको छ ।
कार्तिक ७ गते बुटवल बाट अर्घाखाँची आउने क्रममा कपिलवस्तु जिल्लाको बुद्ध भुमिका नगरपालिकाको बसन्तपुरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते बिकको उपचारार्थ महासंघले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
शाखाका अध्यक्ष अशोक कुमार खनाल लगायत पदाधिकारीहरुको टोली पत्रकार विकको घरमा पुगि आज उक्त रकम उनकी आमालाई हस्तान्त्रण गरेको हो । बुधबार नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पदाधिकारिहरुको बैठकले उनको उपचार्थ पचास हजार दिने निर्णय गरेको थियो ।
विकको काठमाडौँ विर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनको टाउको र ढाडमा गम्भीर चोट लागेका छ । बिक खतरा मुक्त रहेको अस्पतालले जनाएको छ । यस्तै बसन्त कुमार विक यस सुनौलो प्रेस डटकमको कार्यकारी निर्देशक पनि हुनुहुन्छ ।