हरि कुँवर
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं १ तुम्कोटका दुबै मृगौला पीडित शिव बहादुर नेपालीले सहयोग पाए बाँच्ने थिएँ भन्दै सहयोगको लागि याचना गरेका छन् ।
तुम्कोट निवासी ३८ बर्षिय शिव बहादुर नेपाली दुबै मृगौला फेल भएपछि उपचारका लागि सहयोगको याचना गरेका हुन ।
पीडित नेपाली जन्मेको ६ महिनामा बुवा बितेर टुहुरो भएको र केहिसमय पछि आमाले समेत उनलाई छोडेर अन्यत्र गएकोले उनको बालापन संकटपुर्ण रह्यो र पारिवारिक आर्थिक अवस्था निकै कम्जोर पढ्न नपाई सानै उमेरमा भारततिर लागेका शिवका हाल श्रीमती २ छोरा र १ छोरी गरि जम्मा ५ जनाको परिवार छ।
आर्थिक अवस्था कम्जोर भएपछि छोराहरु ९ र १० कक्षामा अध्यनरत छन भने छोरिले १ कक्षामा पढाउन समेत समस्या आएको परिवार निकट जनक बस्यालले बताए । घरको आर्थिक अवस्था कमजोर रहेका निज शिव नेपालीलाई उपचारगर्न कठिनाई परिरहेको छ।
परिवारले शिवको जीवन रक्षाको लागि सहयोगी मनका धनी समाजसेवी देश विदेश , संस्था प्रति हार्दिक अनुरोध गरेको छ ।
सन्धिखर्क वडा सदस्य तथा समाज सेवि लक्ष्मन पराजुलीले पीडित परिवार लाई संकलित रकम ५१ हजार ६ सय ५० हस्तान्तरण गर्दै सहयोगी मनहरु प्रति सहयोग गरिदिनुहुन समेत आग्रह गरेका थिए ।
सहयोगको लागी –
शिवबहादुर नेपाली
रास्ट्रीय वाणिज्य बैंक- ३०५००२११००१०
नेपाल बैंक लिमिटेडको २७९११३०७०१६५७७०००००१
मोबाइल न- ९८५७०६१२९१