अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना भाइरसको संक्रमण हुन नदिन माक्सको प्रयोग गर्नुपर्ने भएपछि अहिले अर्घाखाँची जिल्लाभरका बजारमा माक्सको माग निकै बढेको छ । त्यसैले जिल्लाभरका ब्यवसायीहरुले यो मौकाको फाइदा उठाउँदै दोब्बर तेब्बर भन्दा बढी मुल्यमा माक्स, ग्लोब्स, सैनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु बेचिरहेका छन् । रोगको संक्रमणको त्रास बढेको बेलामा मास्कमा कालोबजारी गनै ब्यवसायी अग्रसर हुँदा पनि स्थानिय प्रशासनले अनुगमन नगरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
तस्बिर: मुक्तिनाथ भुसाल
सन्धिखर्क, चुत्राबेसी लगायतका औषधी पसलहरुले १ सय ३५ बजार मूल्य पर्ने ४५ अंकित मास्कलाई ४ सय रुपैयाँ भन्दा बढीमा बच्दै आएका छन् । जुन प्रत्ति पिस ३ रुपैयाँ भन्दा कम मुल्यमा बेच्न पर्ने हुन्छ । यस्तै औषधी पसलहरुले १ सय ५० बजार मूल्य पर्ने ५० अंकित मास्कलाई ४ सय ५० रुपैयाँ भन्दा बढीमा बच्दै आएका छन् । जसमा पसलहरुले प्रत्ति पिस १० रुपैयाँ भन्दा बढी मुल्यमा बेच्दै आएका छन् ।
जिल्लाभर पसलहरुले दोब्बर, तेब्बर मूल्यमा औषधी लगायतका स्वास्थ्य सामाग्रीहरु बेचिरहेको भन्दै सर्वसाधारणले गुनासो गरेका देखिन्छन् । यहाँका निजी मेडिकल पसलहरुमा परीक्षण आउने विरामीलाई स्वास्थ्य माथि खेलवाड गर्दै डाक्टरहरुले बढी-बढी औषधी सिफारिस गुनासो लामो समयदेखि आएता पनि सम्बन्धित निकायले कुनै चासो नदिएको देखिन्छन् ।
साथै जिल्लामा गुणस्तरीय हिन मास्क, ग्लोब्स, सैनिटाइजर सहितका स्वास्थ्य सामाग्री बिक्री वितरण हुँदै आएको गुनासो बेला बेलामा आएको देखिन्छ । अर्घाखाँचीडट्कम