धनचौरमा राष्ट्रिय जनमोर्चाको चौथो वार्ड भेला सम्पन्न, अध्यक्षमा गोपाल भट्टराई निर्वाचित (तस्बिर सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
 धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर –१० धनचौरमा राष्ट्रिय जनमोर्चाको चौथो वार्ड भेलाबाट अध्यक्षमा गोपाल प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । 
धनचौरको डडुवामा आज सम्पन्न चौथो वडा भेलाले अध्यक्ष भट्टराईको नेतृत्वमा ११ सदस्यिय राष्ट्रिय जनमोर्चा धनचौर वडा समितिको गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा जित बहादुर गुरुङ,सचिवमा भिमलाल भुसाल,सह–सचिव मोती भट्टराई र कोषाध्यक्षमा बिनोद गैरे सर्वसहमत चयन हुनुभएको छ । 
राजमो अर्घाखाँचीका जिल्ला सचिव बावुराम पन्थी,भुमिकास्थान नगर समितिका उपाध्यक्ष कविराम खनाल र अखिल नेपाल युवक संघका जिल्ला सचिव ठाकुर पन्थीको सहजीकरणमा सम्पन्न भेलाले बुद्धिराम गैरे,रुपा गैरे,पम्फा भट्टराई,लक्ष्मण बुढा मगर,बुद्धिकला पुन मिना पुनलाई सदस्यमा छनोट गरेको छ । 
साबिक धनचौरका बिभिन्न गाउँबाट प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भेलाले मोती भट्टराईको अध्यक्षतामा ११ सदस्यिय अखिल नेपाल युवक संघ धनचौर र मधु गैरेको अध्यक्षतामा १५ सदस्यिय अखिल नेपाल महिला संघ धनचौरको पनि गठन गरेको छ । जसमा युवक संघको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशःकृष्ण भट्टराई,बिष्णु भट्टराई,रविन वि.क. र तुलसा वि.क. चयन हुनुभएको छ । यस्तै महिला संघको उपाध्यक्ष,सचिव,सह–सचिव र कोषाध्यक्षमा क्रमशः तुलसा वि.क.,श्रृजना राना,जिवा घ.म. र रुपा गैरे चयन हुनुभएको छ । जित बहादुर गुरुङको अध्यक्षता,कृष्ण भट्टराईको स्वागत मन्तव्य र गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भेलामा बोल्ने वक्ताहरुले कम्युनिष्टको खोल ओडेर देशघाती र जनघाती काम गर्नेहरुका बिरुद्ध शसक्त रुपमा आवाज बुलन्द गर्दै कम्युनिष्ट आन्दोलनलाई उचाइमा लैजान सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । 
स्थानियको तर्फबाट प्रगतिशिल लेखक संघ लुम्विनी प्रदेश सदस्य तिलकराम भट्टराई,बिष्णु भट्टराई,भिमलाल भुसाल लगायतले समेत मन्तव्य राख्नुभएको कार्यक्रममा ९० बर्षिया जेष्ठ नागरिक रिषिराम गैरे,७८ बर्षिया दण्डपाणी गैरे सहित दर्जनौं युवाहरु समेत बिभिन्न पार्टी परित्याग गरि राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नुभएको छ । राजमो जिल्ला सचिव बाबुराम पन्थीबाट सदस्यता लिंदै ९० बर्षिया रिषिराम गैरेले देश र जनताका निम्ती बोल्ने र काम गर्ने पार्टी राजमो भएकाले आफुले बुढसकालमा सदस्यता लिएको बताउनुभएको छ ।
धनचौर

अन्य समाचारहरु