अड्गुरीको झन्द्रेकका पहिरो पीडित परिवारलाई रिता नेपालीद्धारा आर्थिक सहयोग (भिडियो, फोटो सहित)
कार्तिक २७ गते, २०७८ मा प्रकाशित
प्रकाश प्युठानी
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेकका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
अड्गुरीको झन्द्रेकका पहिरो पीडित जिबलाल सुनारको परिवारलाई लण्डनमा रहने गायिका, व्यवसायी तथा समाजसेवी रिता नेपालीले आर्थिक सहयोग गरेकी हुन् । सुनारले गत २०७८ भदौ १५ गते गएको पहिरोबाट ९ वर्षिया छोरी गुमाएका थिए ।
सुनारको पुनर्बासको लागि सहयोग लागि रिताले १५ हजार रुपैया चेकबाट र २००० नगद सहयोग गरेकी हुन्। रिताले लण्डनमा रोधीघर संचालन गर्दै आउएकी छिन् । भने केही लोक दोहोरी गित पनि गएकी छिन् ।
कार्यक्रममा अशोक सुनार, तुलसा नेपालीले चेकको रकम सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पाणिनी पर्यटन समाजका अध्यक्ष झबिन सुनाम, अर्घाखाँची ड्टकम ब्युरो प्रमुख डिआर जि सुमन, रोमाकान्त भट्टराई , रबिन्द्र न्यौपाने, मिरा छेत्री र रिता नेपालीका श्रीमान, आमा बुबाको उपस्थिति रहेको थियो।