– सहयोगी बि.सी.
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको साबिक खाँचीकोट गाबिस हाल सन्धिखर्क नगरपालिका वार्ड नं. ७ डिहिडाँडा निवासी पिताम्बर भट्टराईको बि.सं. २००६ बैशाख २६ गते बुबा घनश्याम भट्टराई र आमा भुमकला भट्टराईको जेष्ठ सुपुत्रको रूपमा जन्म भएको थियो।
२०६८ सालमा फुदवाङको विधालय कार्यक्रममा पिताम्बर भट्टराई ।
उहाँको १० बर्षकै उमेरमा गुल्मी मानकोट स्थित गौतम परिबारकी कन्या बिष्णुदेबी संग शुभ बिबाह सम्पन्न भएको थियो।उहाँका माइलो भाइ अरुण भट्टराई जिल्लाको भुमिकास्थान ५ असुरकोट स्थित स्वास्थ्य चौकीको छैटौं तहमा सेवारत हुनुहुन्छ भने कान्छो भाई शिद्वी भट्टराई फुलबारी रिसोर्ट संचालनसंगै अहिले बुटवलमा होटल ब्यबसाय गर्दै आईरहनु भएको छ।
उहाँको एक छोरी राधा भट्टराईको दाङमा बिबाह भएको छ। उहाँ नायब शुब्बाको रूपमा सरकारी जागिरे हुनुहुन्छ। जेठो छोरा निरज भट्टराई पाणिनी क्याम्पसको उप प्राध्यापक र अर्घा रजस्थल मा. बि. को मा. बि. शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ। बुहारी लक्ष्मी भट्टराई शिक्षिका हुनुहुन्छ भने कान्छो छोरा तत्कालीन जनयुद्धको समयमा चितवन स्थित शक्तिखोर क्याम्पमा स्वास्थ्यकर्मिको रूपमा कार्यरत रहँदाको बखत निधन भएको थियो। बुहारी मधु भट्टराई शिक्षिका हुनुहुन्छ।
उहाँले कक्षा ५ सम्मको अध्ययन श्री शान्ती जिबनी नेपाल राष्ट्रिय प्राईमरी स्कुल ( हालको चन्द्र प्रभा मा. बि. ) डिहिडाँडा र शोल्जर बोर्ड स्कुल ( हालको आदर्श मा. बि. खाँची ) बाट लिनु भएको थियो।सो समयमा उहाँले संस्कृत,लघु,कौमदी अम्मरकोस समेतको अध्ययन गर्नु भएको थियो। त्यसपछि २०२० सालमा जनज्योति हाईस्कुल स्थापना संगै अध्ययन गर्नु भएको उहाँले २०२५ सालमा एसएलसी पास गर्नु भएको थियो।
२०२८ साल देखि २०३० सालसम्म त्रिभुवन बिश्व बिधालय महाराज क्याम्पस बाट अ.हे.ब. अध्ययन पूरा गरि २०३६ सालमा बिरगंज क्याम्पस बाट सि. अ.हे.ब.उत्तीर्ण गर्नु भएको थियो। बिष्णुभक्त धनन्जय ,नेत्रलाल अभागी लगायत बाट कम्युनिस्ट पार्टी भएको देशमा गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगार र ब्यक्तिगत सम्पत्ति नहुने भन्ने प्रशिक्षण बाट प्रभावित भै कम्युनिस्ट बिचार तर्फ आकर्षित भै कम्युनिस्ट कार्यकर्ता भएको उहाँको भनाई रहेको छ।
उक्त समयमा नेपाली कांग्रेसका दर्जनौं नेताहरु बाट कम्युनिस्ट पार्टी छोडन धाक धम्की जोर जबर्जस्त गरेपनी अबिचल रूपमा अहिलेसम्म बामपंथी बिचारधारामै कायम रहेको उहाँ बताउनु हुन्छ। लोक सेवा उत्तीर्ण पछि जिल्ला प्रहरी बाट गलत रिपोर्ट पठाई दिएको तर तत्कालीन धादीङ प्रहरीले हालको चालचलन अत्यन्तै राम्रो रहेको भनी सरकारी सेवामा प्रबेश गर्न सफल भएको उहाँको अनुभव छ।
उहाँले २०२६ देखि २०२८ सम्म स्वंय सेवकको रूपमा जनज्योतिमा अध्यापन ,२०३१ साल देखि धादीङ ,तनहुँ , स्याङ्जा ,गुल्मी पिपलधारा, गुल्मी ह्याङदि हेल्थ पोस्ट अर्घाखाँची जिल्ला अस्पताल ,ठाडा स्वास्थ्य केन्द्र र नरपानी स्वास्थ्य चौकीमा सेवा गर्नु भएको र नरपानीबाट २०६७ सालमा अनिवार्य अबकाश प्राप्त गरि निबृत्त जीवन बिताई रहनु भएको छ।
आफू पंचायती ब्यबस्था बिरोधि र कम्युनिस्ट भएका कारण नोकरी अबधी सम्म प्रशासनले जहिले पनि गिद्ये दृस्ठि लगाएर दुख दिएको उहाँले बताउनु भयो। आफू एकदिन पनि डिउटी नछोडेको र आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गरि अन्य समयमा विभिन्न पुस्तक हरुको गहन अध्ययन गर्नुको साथ साथै लेख,कबिता नाटक लेख्ने,प्रकाशीत गर्ने गर्नुहुन्थ्यो।
उहाँ ३-४ कक्षा अध्ययन गर्ने समय देखि नै कविता लेख्न सुरु गर्नु भएको थियो। सानै उमेर देखि त्यति बेला हुने विभिन्न साहित्यिक कार्यक्रममा सक्रिय रूपमा भाग लिने गर्नुहुन्थ्यो।निमानन्द रिजाल (हंशपुर) पिताम्बर भट्टराईको पहलमा अखिल नेपाल जन सांस्कृतिक संघको गठन गर्नु भएको थियो।
त्यसपछि भुमिगत रूपमा त्रैमाशिक पत्रीका “जनराँको” प्रकाशित गर्नु भएको थियो।पत्र पत्रीकामा कविता लेख,रचना प्रकाशित गरि जनता लाई जागृत गराई देशमा बहुदलीय ब्यबस्था ल्याउन उहाँको ठुलो योगदान रहेको छ।
फोटो: सहयोगी” बि.सी., फेसबूक
तत्कालीन जनज्योति माबिमा अध्ययन र अध्यापन गर्दा को समयमा शशक्त बामपंथी बैचारिक तथा साहित्यिक बार्षिक “आँकुरो” पत्रीका प्रकाशन गर्ने काममा उहाँको पनि अहम भुमिका रहेको थियो। उहाँले सहिद टंक भुसालको जिबनिमा आधारित गीति नाटक सहिद र “पिपलबोट” कविता संग्रह “नयाँ संसार” खण्डकाब्य प्रकाशित कृति हरु हुन। उहाँ अहिले आफ्नै जिबनमा आधारित आफ्नै आत्मकथा “मेरो कथा मेरो ब्यथा” प्रकाशित गर्ने तैयारीमा हुनुहुन्छ। उहाँले “अर्घाखाँची कै पुरानो पुस्तकालय “जनयुग” पुस्तकालय खाँचिकोटको स्थापनामा अग्रणी भुमिका खेल्नु भएको थियो।उहाँले जनज्योतिमा अध्यापन गर्दा विद्यार्थीहरुलाई किताब कापी कलम समेत किनिदिएर पढ्नको निम्ति हौसला प्रदान गर्नुभएको थियो।
तत्कालीन समयमा खाँची ,किटेनी ,खाँचिकोट,गौचौर डिहि ,डिहिडाँडा ,ढिकुरा लगायतका ठाउँ बाट जनज्योति अध्ययन गर्न जान गोरेटो बाटो समेत नभएको अबस्थामा विद्यार्थी शिक्षक र अभिभावकले संयुक्त रूपमा गोरेटो बाटो निर्माण गर्न अगुवाइ गर्नु भएको थियो।
सेवा निबृत्त पछि उहाँ चन्द्र प्रभा मा. बि. को ब्यबस्थापन समिति अध्यक्ष हुनुको साथै ३ पटक सम्म भबन निर्माण समितिको अध्यक्ष भै कुशलता पुर्बक जिम्मेवारी निर्बाह गर्नु भएको थियो। उहाँ कहिल्यै पनि काम गर्दा उत्कृष्टता हासिल गर्नु पर्दछ भन्ने ध्याउन्नमा रहनु हुन्थ्यो तर कहिल्यै पनि राजनीति आस्था बिचारको रूपमा काम गर्नु भएन।उहाँको कामले उहाँ पिताम्बर भट्टराई भनेर चिनाउनु भयो।उहाँले कुनै संघ संस्थामा काम गर्दछु भन्ने इच्छा प्रकट गरेमा बिरोध गर्ने कोहि हुँदैनथ्यो।
उहाँकै पहलमा शिक्षक शिबहरी भट्टराई ,कुन्ज बहादुर मल्लले बिधालय लाई घडेरी प्रदान गर्नु भएको थियो भने उत्तम मल्ल बाट प्राप्त १८ रोपनी जग्गा र घर भाडा समेत बिधालय लाई आम्दानीको श्रोत बनाउन सफल हुनुभएको थियो। चन्द्र प्रभा मा. बि. लाई सुरुको चरणमा नै सामुदायिक बिधालय बनाउन सफल भएको र निरन्तर बिधालय संग सम्पर्क समन्वय गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण मिलाएको र जिल्लाको उत्कृष्ट नतिजा ल्याउने बिधालयको रूपमा परिचित भयो। पाणिनी बहुमुखी क्याम्पस ब्यबस्थापन समितिमा रहि एक कार्यकाल काम समेत गरेको उहाँको अनुभव छ।
उहाँ बिकास निर्माणमा समेत सक्रिय हुनुहुन्छ।उहाँ फुदबाङ डिहिडाँडा टोडेयार मोटर बाटो निर्माण समिति अध्यक्ष भै उक्त बाटोको ट्रया खोलेर ढिकुरा र खाँचिकोट लाई जोडन सफल हुनु भएको थियो। उहाँ जनसहयोग सहकारी संस्था खाँचिकोटको उपाध्यक्षको जिम्मेवारीमा लामो समय काम गर्नु भएको खाँचिकोट कृषि सहकारी संस्थाको संस्थापक उपाध्यक्षको साथै लुहेस्को सहकारीको लेखा समितिमा रहि लामो समय काम गरेको निजामती कर्मचारी संगठन अर्घाखाँचीको संस्थापक पारा मेडिकल एसोसिएसन अर्घाखाँचीको संस्थापक भै धेरै क्षेत्रमा अनुभव सगाल्नु भै योगदान दिनु भएको छ।
उहाँले राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं साक्षरता दिबस २०७६मा सन्धिखर्क नगरपालिका बाट प्रशंसा -पत्र प्रदान ,निजामती कर्मचारी संगठन ,लुहेस्को बाट सम्मान ,प्रथम साहित्यिक महोत्सव अर्घाखाँची द्वारा सम्मान ग्रहण गर्नु भएको छ। उहाँ आफ्नो कर्तव्य र जिम्मेवारी प्रती अत्यन्तै प्रतिबद्ध कर्म गर्ने फलको आशा नगर्ने राजनीति लाई सेवाको रूपमा लिनु पर्दछ भन्ने साधा जीवन र उच्च बिचार भएको ब्यक्तित्व हुनुहुन्छ।उहाँ एक असल कर्मचारी राजनीतिक बिचारक साहित्यिक,शैक्षिक , सामाजिक र सफल परिश्रमी किसान समेत हुनुहुन्छ। उहाँ जस्तो ब्यक्तिको सक्रियताले समाजले धेरै कुरामा योगदान पाएको छ।