दुर्गाफाँटमा सम्पन्न खुल्ला भलिवल प्रतियोगिताको उपाधी गुल्मीको मदाने गाउँपालिकालाई (तस्बिर, भिडियो सहित)



डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  पाणिनी गाँउपालिका सम्पन्न प्रथम पाणिनी स्पोर्ट्सएकेडेमी कप भलिवल प्रतियोगिताको उपाधि मदाने गाउँपालिका गुल्मीले हात पारेको छ ।

अन्तिम दिन कार्तिक २७ गते भएको मदाने गाउपालिका गुल्मी र देउराली युबा क्लब रैनादेवी छहरा पाल्पिाबिच भएको फाइनल खेल मामदाने गाँउपालिका गुल्मीले देउराली युबा क्लब रैनादेवी छहरा पाल्पिालाई ३ – ० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामापारेको हो । आफ्नो जित सँगै मदाने गाँउ पालिका गुल्मीले नगद ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रत गरेको छ । यस्तै  उपविजेता बनेको देउराली युवा क्लवले नगद ३१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पाणिनी गाँउपालिकाको दुर्गाफाँटमा कार्तिक २४,२५,२६ र २७ गते आयोजक स्पोर्ट्स एकेडेमिलाई २ – ० ले पराजित गरेको देउरालीयुवा क्लब पाल्पाले सत्यबती गाँउपालिका गुल्मीलाई २ – ० ले हराउदै मदाने गाँउपालिका गुल्मी फाइनल प्रबेस गरेका थियो ।
यस्तै अन्तिम दिन सम्पन्न तृतिय स्थानको खेलमा आयोजक पाणिनि स्पोर्टस एकेडेमिलाई २ – ० मै सिमित  पार्दै सत्यबती गाँउपालिकागुल्मीले तृतिय स्थान हासिल गरेको हो । भलिवल खेलको आयोजक पाणिनि स्पोर्ट्स एकेडेमीले चौथो स्तानमा चित्त बुझाउन वाध्यभएको छ भने तृतिय स्थान सत्यवती गाँउ पालिका गुल्मीले नगद २१ हजार र शान्त्वना जित निकालेको आयोजक एकेडेमिले ११ हजारनगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतम ले विजेता टीमलाई वधाई व्याक्तगर्दै आयोजक संस्था पाणिनि स्पोर्ट्स एकेडमी लाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
पाणिनि गाँउ पालिका ३ वरका रुख सम्पन्न समापनसमारोहमा पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम,प्रथम पुरस्कार सौजन्य दाता टेकराज न्यौपाने,पाणिनिपर्यटन समाज का अध्यक्ष झविन सुनाम,समाजसेवी वसन्त केसी,जनप्रतिनिधी ओमप्रकाश भूसाल, पत्रकार प्रकाश प्युठानी लगायतकोउपस्थिति रहेको थियो । भलिवल खेल समापन समारोहमा कार्यक्रम पाणिनि स्पोर्ट्स एकेडमी अध्यक्ष भरत पुनः को अध्यक्षता र सचिव लक्ष्मण गौतम को संचालनमा सम्पन भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु