बिष्णु भुसाल
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ७ हंसपुरको बामरुकमा नेकपा (एमाले) का दर्जनौ कार्यकर्ता नेकपा (मसाल) मा प्रवेश गरेका छन् ।
हंसपुरको बामरुकमा एमालेका पुर्व वार्ड कमिटी उपाध्यक्ष माधव भुसाल सहित दर्जनौ कार्यकर्ता मसालमा प्रवेश गरेका हुन् ।
हंसपुरको वामरुकमा आयोजना गरिएको एक कार्यक्रम एमालेबाट प्रवेश गर्नेहरुलाई सदस्यता प्रादन गरी स्वागत गरिएको थियो । नव प्रवेशीहरुले देशको एक मात्र सहि पार्टी मसाल, राष्ट्रिय जनमोर्चा भएकोले आफुहरुले मसाल रोजेको बताए । ओली प्रबिधी देश र बामपंथी आन्दोलनमा घातक भएको उनीहरुको तर्क थियो ।
साथै मालारानीका सबै ९ वार्डहरुमा नेपाली कांग्रेस, माओवादी, एमाले छोडेर मसालमा प्रवेश गर्नेहरुको लहर चलेको छ । यहाँका सयौ कार्यकर्ताहरु यस अगाडि मसालमा प्रवेश गरेका छन् । कांग्रेस, माओवादी, एमालेका ठुला कुरा, दर्शनबाट जनता वाक्क भएका छन् ।
साथै मसालले जिल्लामा कांग्रेस, माओवादी, एमालेबाट आउने कार्यकर्ताको मिडियाबाजी नगर्ने उल्लेख गरेको छ ।