अर्घाखाँचीबाट काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार डा. मुक्तिराम श्रेष्ठको स्वास्थ्यमा सुधार


अर्घाखाँचीडट्कम संवाददाता   
काठमाडौं(अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणबाट काठमाडौंमा उपचारत अर्घाखाँची जिल्लाबाट नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जनजातिबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार डाक्टर मुक्तिराम श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । 
कोरोना संक्रमणका कारण काठमाडौंको वि पि स्मृती अस्पतालमा उपचारत काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जनजातिबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार छत्रदेब निवासी डाक्टर मुक्तिराम श्रेष्ठको स्वास्थ्यमा सुधार आएको हो ।  
 
श्रेष्ठको स्वास्थ्यमा सुधार हुँदै आएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । साथै अब केही दिनमा स्वास्थ्य ठीक भएपछि जिल्ला फर्कने बताएता पनि जिल्ला अधिवेशनमा भने सहभागी नहुने भएका छन् । साथै उनले काँग्रेसका क्षेत्रिय प्रतिनिधि, वार्ड सभापती, गाँउपालिका सभापति लगायत सबैलाई सहयोगको लागि अपिल पनि गरेका छन् ।